स्याङ्जा । अक्सिजन अभावले देशभर कोराना संक्रमितको ज्यान जान थालेपछि अक्सिजन प्लान्ट सञ्चालनमा जुट्न गाउँपालिका अध्यक्ष घनश्याम सुबेदीले आह्वान गरेका छन् ।
स्याङ्जाको फेदीखोला गाउँपालिकाका अध्यक्ष सुबेदीले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै जिल्लाका एघार वटै पालिकालाई यस्तो आह्वान गरेका हुन् ।
उनले शनिबार स्टाटस लेख्दै अरुको भर नपरी आफ्नो तयारी आफै गर्न आह्वान गरेका छन् ।
विकास बजेट कटाएर भएपनि जनता बचाउने काममा जुट्न आग्रह गर्दै उनले २० दिनभित्र अक्सिजन प्लान्ट सञ्चालन गर्न सकिने उल्लेख गरेका छन् ।
उनले लेखेका छन्, ‘स्याङ्जा जिल्लाभरिका ११ वटा स्थानिय सरकार मिलेर एउटा अक्सिजन प्लान्ट तत्काल सञ्चालन गरौं । २० दिनभित्र यो काम गर्न सकिन्छ ।’ सुबेदीले आफ्नो तयारी आफै गरौं, अरु सबै रिपोर्टिङ र विज्ञप्ती निकाल्ने मात्रै भएको भन्ने कटाक्ष समेत गरेका छन् ।
शनिबार साँझसम्म स्याङ्जामा २६७ जना सक्रिय संक्रमित छन् । पछिल्लो २४ घण्टामा मात्रै स्याङ्जामा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।
स्याङ्जामा ५ वटा नगरपालिका र ६ वटा गाउँपालिका छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


तेस्रो संस्करणको नेपाल प्रिमियर लिग अन्तर्गत पोखरा एभेन्जर्सविरुद्ध विराटनगर किङ्सले चार विकेटको…







