फाइल फोटो : पूर्व राजा ज्ञानेन्द्र शाहको फेसबुकबाट
काठमाण्डौँ । पूर्व राजा ज्ञानेन्द्र शाहा दम्पत्ति कोभिड–१९ मुक्त भएका छन् । तीन साता अघि कोरोना संक्रमित भएका पूर्व राजा शाहा दम्पत्ति कोरोनामुक्त भएका हुन् ।
कोभिडका कारण तीन सातादेखि पूर्व राजा ज्ञानेन्द्र, पूर्व रानी कोमल र छोरी नर्भिक अस्पताल भर्ना भएका थिए । तीनै जना कोरोना संक्रमणमुक्त भएको दरवार निकट स्रोतले जनाएको छ ।
कोरोना संक्रमण मुक्त भएपनि पूर्वरानी कोमलको अक्सिजन ‘लेभल’ सोचे जति माथि आउन नसकेका कारण पूर्वराजा शाहा अझै केही समय अस्पतालमा नै रहेको जनाइएको छ । कोभिड बाहेक पूर्वरानीमा अन्य स्वास्थ्य समस्या रहेका कारण अक्सिजन लेभलदेखि सबै व्यवस्थित भएपछि मात्र पूर्वराजा घर जाने तयारीमा रहेको दरबार निकट स्रोतले बताएको छ ।
भारतको उत्तरखण्डस्थित केदारथान मठका मठाधिशको निम्तोमा १२ वर्षपछि लागेको कुम्भ मेलामा स्नान लागि पूर्वराज–रानी गत महिना भारत गएका थिए । भारतबाट फर्केपछि गरिएको परीक्षण कोरोना संक्रमण पुष्टि भएको थियो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


तेस्रो संस्करणको नेपाल प्रिमियर लिग अन्तर्गत पोखरा एभेन्जर्सविरुद्ध विराटनगर किङ्सले चार विकेटको…







