अक्सिजन सिलिन्डर ल्याउन ‘वाइडबडी’ आज चीन जाँदै


     एभरेस्ट आवाज    
     वैशाख २७ गते २०७८ मा प्रकाशित




चीन सरकारले सहयोग गरेको अक्सिजन सिलिन्डर र भेन्टिलेटर ल्याउन नेपाल एयरलाइन्सको ‘वाइडबडी’ विमान आज चीन जाँदै छ।

चार सय थान अक्सिजन सिलिन्डर र केही भेन्टिलेटर ल्याउन ‘वाइडबडी’ विमान चीन जान लागेको हो। आज राति साढे ११ बजे ‘वाइडबडी’ विमान बेइजिङतर्फ उड्ने तालिका छ।

अक्सिजन सिलिन्डर र केही थान भेन्टिलेटर लिएर निगमको विमान भोलि काठमाडौं आइपुग्ने जनाइएको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।