पोखरा । गण्डकी प्रदेशमा सोमबार ३०८ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार सबैभन्दा बढी कास्कीका १७३ जनाले कोरोना संक्रमण जितेका छन् ।
निर्देशनालयका अनुसार सोमबार गोरखका ४६, स्याङ्जाका ४१, बाग्लुङका १७, म्याग्दीका ११, तनहुँ र नवलपुरका ७–७ जना, पर्वतका ५ र मुस्ताङका एक जनाको कोरोनामुक्त भएका छन् ।
योसंगै हालसम्म प्रदेशमा हालसम्म कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या १८ हजार ७३ पुगेको छ

आइतबारको तुलनामा ९४ जना बढीले कोरोना जितेका हुन । आइतबार २१४ जना मात्रै संक्रमणमुक्त भएका थिए ।
सोही अवधीमा कास्कीका २९८ सहित ६५३ जनामा पुष्टि भएको पनि निर्देशनालयले जनाएको छ । आज थपिने मध्य नवलपरासी पूर्वका ८६, म्याग्दीका ६३, बाग्लुङका ५८, पर्वतका ५०, लमजुङका ३७, तनहुँ र गोरखाका २२–२२ जना, स्याङ्जाका १५, मनाङ र मुस्ताङका एक–एक जनामा संक्रमण पुष्टि भएको छ ।

योसहित प्रदेशमा हालसम्म कोरोना भाइरस संक्रमण पुष्टि हुनेको संख्या २३ हजार ८८२ पुगेको छ ।
अव प्रदेशमा ५ हजार ५३३ जना सक्रिय संक्रमित छन् । ति मध्य ५ हजार ४९६ जना होमआइसोलेसनमा छन् ।
यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १३ जनाको निधन भएको छ । हालसम्म प्रदेशमा कोरोना संक्रमणबाट प्रदेशमा २७६ जनाको ज्यान गुमेको पनि निर्देशनालयले अध्यावधिक गरेको कोभिड–१९ सम्बन्धि विवरणमा उल्लेख गरिएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


तेस्रो संस्करणको नेपाल प्रिमियर लिग अन्तर्गत पोखरा एभेन्जर्सविरुद्ध विराटनगर किङ्सले चार विकेटको…







