गण्डकी प्रदेशमा ६ हजार बढी आइसोलेसनमा


     एभरेस्ट आवाज    
     वैशाख २८ गते २०७८ मा प्रकाशित




पोखरा । गण्डकी प्रदेशमा सक्रिय संक्रमितको संख्या ६ हजार नाघेको छ ।

मंगलबार ६२४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएसंगै प्रदेशमा सक्रिय संक्रमितको संख्या ६ हजार ३३ पुगेको हो ।

सोही अवधीमा १२२ जना कोरोना संक्रमणमुक्त भएका छन् भने संक्रमणबाट १२ जनाको मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।

सक्रिय संक्रमितमध्य ५ हजार ८७६ जना होम आइसोलेसनमा छन् ।

आज संक्रमण पुष्टि हुनेमा सबैभन्दा धेरै कास्कीका ३५६ जना छन् । यस्तै स्याङ्जाका ८६, पर्वतका ६०, नवलपरासी पूर्वका ४५, तनहुँका ३७, गोरखाका २५, लमजुङका ३, मुस्ताङ र बाग्लुङका २–२ जनामा संक्रमण पाइएको छ ।

विभिन्न प्रयोगशालामा एक हजार १५६ जनामा गरिएको पिसिआर परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

यस्तै हालसम्म प्रदेशभर २८८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको निर्देशनालयद्वारा अध्यावधिक कोभिड–१९ सम्बन्धि विवरणमा उल्लेख गरिएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।