पोखरा । नेपाली काँग्रेस कास्कीले आफ्नो पार्टी कार्यालय पोखरा महानगरपालिकालाई आइसोलेसन वार्ड बनाउन सुम्पेको छ ।
सरकारलाई आवश्यक परेमा पोखरा महानगरपालिकाले पोखरा ४ स्थित चिप्लेढुङ्गा र पोखरा ३० स्थित खुदीमा रहेको पार्टी कार्यालय कोरोना संक्रमितका लागि आइशोलेशन वार्ड बनाउन सक्ने भन्दै पार्टीको निर्णय बुझाएको छ ।
नेपाली काँग्रेस कास्कीका सचिव देवेन्द्र रानाभाट र प्रवक्ता नवीन सिग्देल बुधबार पोखरा महानगरपालिका पुगेर पार्टीको निर्णयसहितको पत्र बुझाएका थिए ।
कास्की काँग्रेसका सभापति कृष्ण केसीद्वारा हस्ताक्षरित पत्र बुझ्दै पोखरा महानगरपालिकाका प्रमुख मान बहादुर जिसीले आवश्यक पर्दा समन्वय गरी अघि बढ्ने बताए ।
उनले कास्की काँग्रेसले संचालन गर्न लागेको एम्बुलेन्स सेवा महानगरपालिकाको एम्बुलेन्स व्यवस्थापन समितिसँग सहकार्य गरी अघि बढ्न आग्रह गरे ।
कास्की काँग्रेसले संक्रमितलाई अस्पतालसम्म पुग्न कठिनाइ हुने गरेको र महंगो रकम तिर्नुपर्ने अवस्था रहेकाले पार्टीले जेठ १ गतेदेखि एम्बुलेन्स संचालन गर्ने तयारी गरेको छ ।
पार्टी कार्यालय आइशोलेशन वार्ड बनाउन सक्ने र एम्बुलेन्स संचालन गर्ने निर्णय बारे पार्टीले मङ्गलबार जिल्ला प्रशासन कार्यालय कास्कीलाई समेत जानकारी गराइसकेको प्रवक्ता सिग्देलले बताए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


तेस्रो संस्करणको नेपाल प्रिमियर लिग अन्तर्गत पोखरा एभेन्जर्सविरुद्ध विराटनगर किङ्सले चार विकेटको…







