पोखरा । नेपालमा सक्रिय संक्रमितको संख्या एक लाख नाघेको छ ।
पछिल्लो २४ घण्टामा ९ हजार ३०५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएसंगै सक्रिय संक्रमितको संख्या बढेर एक लाख एक हजार ६३४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
देशभरका विभिन्न प्रयोगशालाहरुमा पीसीआर र एन्टीजेन गरी २० हजार ७८६ परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
योसहित हालसम्म नेपालमा कोरोना भाइरस संक्रमण पुष्टि हुनेको संख्या चार लाख २२ हजार २४९ पुगेको छ ।
यस्तै सोही अवधीमा देशभर ४ हजार ४४४ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । यो सहित हालसम्म कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या तीन लाख १६ हजार ४६३ पुगेको छ । मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमित निको हुने दर ७४.९ प्रतिशत छ ।
यस्तै पछिल्लो क्रममा कोरोना भाइरस संक्रमणबाट १६८ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार सो संख्यामा केही नेपाली सेनाले विभिन्न मितिमा व्यवस्थापन गरेको समेतको तत्थ्याङक भएको उल्लेख गरेको छ ।
मन्त्रालयको तत्थ्याङ्क अनुसार नेपालमा हालसम्म कोरोना भाइरस संक्रमणबाट चार हजार २५२ जनाको मृत्यु भएको छ ।
मन्त्रालयका अनुसार नेपालमा ५१७ जना क्वारेन्टिनमा छन् । हालसम्म २६ लाख ९३ हजार ८८ जनाको पीसीआर परीक्षण गरिएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


तेस्रो संस्करणको नेपाल प्रिमियर लिग अन्तर्गत पोखरा एभेन्जर्सविरुद्ध विराटनगर किङ्सले चार विकेटको…







