भदौसम्ममा नेपालमा ४२ हजारले ज्यान गुमाउन सक्ने (आइएचएमई) को प्रक्षेपण


     एभरेस्ट आवाज    
     वैशाख ३० गते २०७८ मा प्रकाशित




फाइल तस्बीर

कोरोनाका कारण भदौसम्म नेपालमा ४२ हजारको ज्यान जान सक्ने अन्तर्राष्ट्रिय संस्थाले प्रक्षेपण गरेको छ।

अमेरिकाको वासिङ्टन विश्वविद्यालयमा रहेको अन्तर्राष्ट्रिय स्वास्थ्य अनुसन्धान केन्द्र ‘इन्स्टिच्युट अफ हेल्थ मेट्रिक्स एण्ड इभालुएसन (आइएचएमई) ले यस्तो प्रक्षेपण गरेको हो।

पछिल्लो अपडेटअनुसार बुधबारसम्म नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ४ हजार २ सय ५२ जना पुगेको छ।

नेपालमा कूल कोरोना संक्रमितमध्ये हालसम्म १.०१ प्रतिशतले ज्यान गुमाएका छन्।

कोभिड–१९ राष्ट्रिय अद्यावधिक विवरणअनुसार हालसम्म नेपालमा कूल संक्रमितको संख्या ४ लाख २२ हजार,२ सय, ८९ पुगेको छ।

पछिल्लो अपडेटअनुसार बुधबारसम्म नेपालमा कोरोनाका सक्रिय संक्रमित संख्या १ लाख १ हजार ६ सय ३४ पुगेको छ।

जसमध्ये संस्थागत आइसोलेसनमा ७ हजार २ सय ९१ र होम आइसोलेसनमा ९४ हजार ३ सय छन्।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।