बागलुङमा हट्यो एम्बुलेन्सबाटै शब बोक्नुपर्ने बाध्यता


     एभरेस्ट आवाज    
     वैशाख ३१ गते २०७८ मा प्रकाशित




कोरोनाबाट मृत्यु भएकाहरुको शव व्यवस्थापनका लागि बागलुङ नगरपालिकाले अस्थायी शव बाहनको व्यवस्थापन गरेको छ ।

पछिल्लो समय कोरोनाको हटस्पट बनेको बागलुङ जिल्लामा यो पहिलोपटक शव बाहनको व्यवस्थापन गरिएको हो।

नगरपालिकाले ३ महिनाका लागि ४ लाख ५० हजार भुक्तानी दिनेगरी अस्थायी शव बाहनको व्यवस्थापन गरेको हो।

जिल्लामा शव वाहन नहुँदा कोरोना महामारीमा शव व्यवस्थापनमा निकै चुनौती बन्दै आएको थियो।

नगरपालिकाले खरिद गर्न थालेको नयाँ शव बाहन नआउञ्जेल अस्थायीरूपमा शव बाहन व्यवस्थापन गरेको बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले जानकारी दिएका छन्।

नगरपालिकाले आफ्नै खर्चमा सवारी व्यवस्थापन गरी अस्पताललाई संचालनका लागि पिकअप जीप उपलब्ध गराएको छ।

‘कर छुटका लागि अलि लामो प्रक्रिया रहेछ, यता कोरोनाबाट मृत्यु हुनेको संख्या बढ्दै गएपछि अस्थायी शव बाहन व्यवस्थापन गरेका हौँ’, नगरप्रमुख पौडेलले भने, ‘तीन महिनालाई हामीले भुक्तानी गरी शव बाहन संचालन गर्न दिएका छौँ, नगरपालिकाले खर्च गरेर व्यवस्थापन गरेको शव बाहनले तत्काल जिल्लामा कोरोनाबाट मृत्यु भएकाको शव व्यवस्थापन गर्नेछ।’

बागलुङमा शव बाहन नहुँदा हालसम्म एम्बुलेन्सबाटै मृतक संक्रमित बोक्दै आइएको थियो।

रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।