कोरोनाले कास्कीमा ९ सहित गण्डकीमा २८ को मृत्यू


     एभरेस्ट आवाज    
     जेठ २ गते २०७८ मा प्रकाशित




फाइल तस्बीर

गण्डकी प्रदेशमा पछिल्लो पटक २८ जना कोरोना संक्रमितको ज्यान गएको छ । पछिल्लो पटक कास्कीमा ९ सहित गण्डकी प्रदेशमा २८ जनाको मृत्यू भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । स्वास्थ्य निर्देशनालयले जारी गरेको विज्ञप्ती अनुसार कास्की पछि सबैभन्दा धेरै स्याङ्जामा ७, तनहुँमा ३, लमजुङ, बागलुङ र नवलपुरमा २÷२ तथा मुस्ताङ, म्याग्दी र गोरखामा १÷१ जना कोरोना संक्रमितको मृत्यू भएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यू हुनेको संख्या ३ सय ८३ पुगेको छ ।

पछिल्लो पटक कास्की पोखरा महानगरपालिका ९ की ४३ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यू भएको छ । उनको आज मेडिप्लस अस्पतालमा उपचारको क्रममा निधन भएको हो । त्यस्तै, पोखरा १४ का ८४ वर्षीय पुरुषको पनि मृत्यू भएको छ । मणिपाल शिक्षण अस्पतालमा उपचाररत उनको शनिबार मृत्यू भएको हो । कास्की पोखरा ९ का ४२ वर्षीय कोरोना संक्रमित पुरुषको शनिबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यू भएको छ । पोखरा १५ का ८७ वर्षीय कोरोना संक्रमित पुरुषको आज आइतबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यू भएको हो । यसैगरी काठमाडौं महानगरपालिका ३० की ५३ वर्षीया महिला, रुपन्देही तिलोत्तमा नगरपालिका १६ का ६० वर्षीय संक्रमित पुरुषको पनि उपचारका क्रममा शनिबार मृत्यू भएको निर्देशनालयको विज्ञप्तीमा जनाइएको छ । पोखरा १५ का ५६ वर्षीय पुरुषको पनि मृत्यू भएको छ ।

त्यस्तै, स्याङ्जा वालिङ नगरपालिका १३ की ५६ वर्षीया कोरोना संक्रमित महिलाको शनिबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यू भएको जनाइएको छ । उनमा २४ वैशाखमा कोरोना संक्रमण पुष्टि भएको थियो । स्याङ्जा गल्याङ नगरपालिका ४ का ८३ वर्षीय पुरुष, गल्याङ ४ का ८६ वर्षीय पुरुष, वालिङ नगरपालिका १३ का ५५ वर्षीय पुरुष, वालिङ १ का ४९ वर्षीया महिला, पोखरा १ की ४९ वर्षीया महिला र अर्जुनचौपारी गाउँपालिका २ की ८० वर्षीया महिलाको पनि मृत्यू भएको छ । वालिङ नगरपालिका ८ का ६२ वर्षीय कोरोना संक्रमित पुरुषको आइतबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निधन भएको छ ।

तनहुँ घिरिङ गाउँपालिका ३ का ६४ वर्षीय कोरोना संक्रमित पुरुषको शनिबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ ।

मुस्ताङ जिल्ला मुक्तिनाथ १ का ३३ वर्षीय संक्रमित पुरुषको शनिबार मणिपाल शिक्षण अस्पतालमा निधन भएको छ । उनमा २५ वैशाखमा कोरोना संक्रमण देखिएको थियो ।

बागलुङ बडिगाड गाउँपालिका ४ की ५४ वर्षीया महिला, बागलुङ कालिखोला ५ की ५० वर्षीय महिलाको मृत्यू भएको छ ।

गोरखा पालुङटारकी ६५ वर्षीया महिला, लमजुङ दोर्दी गाउँपालिका ८ की ४६ वर्षीया महिलाको उपचारका क्रममा मृत्यू भएको छ ।

यस्तै मृत्यू हुनेमा दाङ तुलसीपुर ६ का ५२ वर्षीय पुरुष, नवलपुर मध्यविन्दू नगरपालिका ५ का ७० वर्षीया संक्रमित महिला, कावासोती ३ की ४३ वर्षीया महिला, बेनी नगरपालिका ४ का ५९ वर्षीय पुरुष, तनहुँ व्यास ४ की महिला, व्यास १३ का ९१ वर्षीय पुरुषको पनि मृत्यू भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयको विज्ञप्तीमा उल्लेख छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।