कास्कीकोट युवा सञ्जालद्वारा कोरोनाबारे दैनिक ‘डाक्टरसँग सरसल्लाह’ कार्यक्रम सञ्चालन


     एभरेस्ट आवाज    
     जेठ ३ गते २०७८ मा प्रकाशित




पोखरा महानगरपालिका २४ को हाम्रो कास्कीकोट युवा संजालले नियमित रूपमा ूडाक्टरसंग सरसल्लाहू कार्यक्रम सञ्चालन गरेको छ । गत वर्ष विभिन्न ठाउँमा कार्यरत कास्कीकोट सम्बद्ध चिकित्सकहरुको विवरण संकलन गरेको संस्थाले यस वर्ष उनीहरूलाई दैनिक रूपमा भर्चुअल कार्यक्रममा उपस्थित गराई परामर्श लिन सकिने व्यवस्था मिलाएको हो । बेलुका ६स्३० बजे देखि ७स्०० बजे सम्मको समय छुट्टयाइएको उक्त कार्यक्रममा कोभिडका बिरामी, शंका लागेका, दिर्घ रोगी तथा अन्य व्यक्तिहरुले आफ्ना स्वास्थ्य सम्बन्धि जिज्ञासा सिधै डाक्टरसंग राख्न सक्छन् । ईन्टरनेटको पहुँच नभएका व्यक्तिहरुले पनि तोकिएको नम्बरमा एसएमएस वा फोन सम्पर्क गरि आफ्ना जिज्ञासा राख्न सक्ने संजालका संयोजक हेम सुवेदी बताए । हालसम्म डा. सन्तोष अधिकारी, डा. किरण बस्ताकोटी, डा. नवराज बस्ताकोटी र डा. असिम सुवेदीले परामर्श दिइसकेको र आगामी दिनमा डा. दिपक मल्ल, डा. बिश्वराज बस्ताकोटी लगायतका अन्य डाक्टरहरुले पनि परामर्श दिनुहुने संस्थाका सल्लाहकार संयोजक राम प्रसाद शर्माले जानकारी दिए । विशेषगरी कोभिडका बिरामीले लाभ लिन सकुन भन्ने उद्देश्यले संचालन गरिएको उक्त कार्यक्रममा जुनसुकै ठाउँबाट जोसुकै सहभागी हुन सक्ने संस्थाका संस्थापक संयोजक चन्द्रेश्वर बस्ताकोटी बताए । आफ्नो संस्थाले एकदमै राम्रो काम गरेको र आफुले पनि यसबाट लाभ लिईरहेको अर्का संस्थापक बालाहरी शर्मा चुवाई बताउछन् । कार्यक्रममा प्रत्यक्ष रूपमा अनलाइनमा जोडिन नसक्नेले संस्थाको युट्युब च्यानल मार्फत हेर्न सकुन् भन्ने उद्देश्यले नियमित रूपमा युट्युबमा उक्त कार्यक्रमहरुको भिडियो अपलोड गर्ने गरिएको र सो को जानकारी सामाजिक संजाल मार्फत दिइएको संजालका प्राविधिक संयोजक ई. रुद्र प्रसाद अधिकारीले जानकारी दिए । उक्त भर्चुअल कार्यक्रममा सहभागी हुन तलको लिंक मार्फत प्रत्येक दिन साझ ६:३० बजे जुममा जोडिनु पर्नेछ ।

तलकाे जुम लिक क्लिक गर्नुहाेस

https://us04web.zoom.us/j/3226003423?pwd=ZTNCbXVpUTdrVlRGZ2N2WkVvWGlsUT09


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।