तस्बीरः एजेन्सी
तनहुँको व्यास नगरपालिकाले कोरोना परीक्षणको पीसीआर रिपोर्ट ढिलो आएको जनाउँदै
आफै परीक्षण गर्न अनुमति माग गरेको छ।
व्यास नगरले जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रसमक्ष पीसीआर रिपोर्ट परीक्षण गर्न माग गरेको हो।
कोभिड–१९ नियन्त्रणसम्बन्धी समीक्षा बैठकका क्रममा नगर प्रमुख वैकुण्ठ न्यौपानेले नगरपालिका आफैले जाँच गर्ने गरी तयारी गर्न लागिएको जानकारी दिए।
एक स्वास्थ्य ल्याब कम्पनीसँगको सहकार्यमा नगरपालिकामा नै पीसीआर परीक्षण गरेर द्रूत नतिजा दिने प्रस्ताव उनले बैठकमा अगाडि सारेका थिए।
यस्तो परीक्षणको लागि प्रति व्यक्ति १ हजार रुपैयाँ शुल्क लाग्ने बैठकमा सहभागी एक सदस्यले बताए। शुल्क तिर्न नसक्नेका हकमा नगरपालिकाले प्रवन्ध गर्ने नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत डिल्लीराम सिग्देलले बताएका छन्।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


तेस्रो संस्करणको नेपाल प्रिमियर लिग अन्तर्गत पोखरा एभेन्जर्सविरुद्ध विराटनगर किङ्सले चार विकेटको…







