पोखरा । नेपलीज एशोसियसन यू. के.का अध्यक्ष पुष्प श्रेष्ठले बेलायतका प्र.म. बोरिस जोन्सनलाई पत्र लेख्दै नेपाललाई सहयोग गर्न र मानव विपत्ति रोक्न तुरुन्त कदम चाल्न आग्रह गरेका छन् ।
श्रेष्ठले पत्रमा ‘तपाईलाई थाहै होला, नेपाल कोभिड–१९ संक्रमण द्रुत बृद्धिका कारण एक विनाशकारी स्वास्थ्य र मानवीय संकट बीचमा छ, जुन छिमेकी भारतमा लामो र खुल्ला (छिद्रयुक्त) सीमामा सामना गरीरहेको छ र स्वास्थ्य सामाग्री (मेडिकल)का लागि अत्यन्त निर्भर छ ।
आपूर्ति र सहायता, जसको पछिल्लो समय ठूलो हदसम्म रोकिएको छ किनभने भारतले यसको आफ्नै कोभिड–१९ संकटसँग सामना गर्दैछ ।’ भन्दै नेपालमा हाल विश्वमा सबैभन्दा बढी कोभिड–१९ सकारात्मकता दर छ, र प्रति दश लाख जनसंख्या मा ३४० कोभिड–१९ केसहरू, जुन भारतको २४० केस ÷ मिलियन भन्दा बढी छ ।
हालको दरमा २५ मे मा नेपालमा प्रति व्यक्ति कोभिड बाट मृत्युदर मा भारतलाई उछिन्ने प्रक्षेपण गरिएको छ र यदि यस्तो भयो भने दक्षिण एसियामा नेपालमा सबैभन्दा बढी मृत्युदर हुनेछ भनि राइजिड.नेपालको हवाला दिदै जिकिर गरेका छन् ।
श्रेष्ठ बेलायतका प्रधानमन्त्री जोन्सनलाई सम्बोधन गर्दै लेखेको पत्रमा नेपालसँग यस विशालताको स्वास्थ्य र मानवीय संकट सम्बोधन गर्न आवश्यक स्वास्थ्य पूर्वाधार वा स्रोत छैन। त्यहाँ ३ करोड जनसंख्याको लागि १५५५ ओछ्यान र ३५४ भेन्टिलेटरहरू छन् ।
तसर्थ, अन्तर्राष्ट्रिय समुदायको सहयोग र सहयोग बिना, कोभिड – १९ बाट लाखौं नेपालीहरू मर्न सक्छन् ।’भन्दै बेलायतमा रहेका नेपाली समुदायको तर्फबाट हामी अन्तर्राष्ट्रिय समुदायलाई नेपाललाई सहयोग गर्न र मानव विपत्ति रोक्न तुरुन्त कदम चाल्न आग्रह गरेका छन् ।

उनले पत्रमा यसै हप्ताको सुरूमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय समुदायलाई कोभिड–१९ खोपको आपूर्ति सहित चिकित्सा सहयोग र आपूर्तिका लागि अपिल गर्नु भएको स्मरण गराउदै नेपालको खोप अभियान, जुन २०२१ जनवरीमा शुरू भएको थियो, भारतबाट अर्डर गरिएको आपूर्तिको आधा मात्र प्राप्त भएपछि नेपालले गंभिर अनिश्चितताको सामना गरिरहेको र आजसम्म जनसंख्याको १% ले मात्र पूर्ण खोप लगाइएको डाटा पनि उल्लेख गरेका छन् ।
बेयालतको युनिभर्सिटिमा लामो समय प्राध्यापन गरेका श्रेष्ठले ‘हामी तपाईंको ध्यान नेपालको प्रमुख र बढ्दो कोभिड–१९ उत्पन्न संकटमा केन्द्रित गर्न चाहन्छौं र बेलायत सरकारलाई नेपाललाई कोभिड–१९ भ्याक्सिनको आपूर्ति सहित चिकित्सा सहयोग पु¥याउन र मेडिकल आपूर्ति गर्न तत्काल सहयोग कार्य गर्न आग्रह गर्दछौं।’भनि पत्रमा आग्रह गरेका छन् ।
अध्यक्ष श्रेष्ठले बेलायत र नेपालको सहयोग र मित्रताको लामो इतिहास छ र बेलायत मानवीय कार्य र सार्वजनिक स्वास्थ्य विशेषज्ञतामा एक विश्व नेता हो । हामी विश्वास गर्दछौं कि बेलायत सरकारको सहयोगमा लाखौं नेपाली जनताको जीवन बचाउन सकिन्छ भनि आफु आशाबादि रहेको समेत पत्रमा जनाएका छन् ।
नेप्लिज एशोसियसन यु.के. बेलायतबासी नेपालीहरुको पुरानो छाता संस्था हो । लामो समयदेखि बेलायतको म्यानचेस्टर सिटी बस्दै आएका अध्यक्ष श्रेष्ठको जन्म घर पोखरा हो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


तेस्रो संस्करणको नेपाल प्रिमियर लिग अन्तर्गत पोखरा एभेन्जर्सविरुद्ध विराटनगर किङ्सले चार विकेटको…







