गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप १७ जनाको निधन


     एभरेस्ट आवाज    
     जेठ ९ गते २०७८ मा प्रकाशित




फाइल तस्बीर

पोखरा । पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमणबाट थप १७ जनाको निधन भएको छ ।


संक्रमणबाट कास्की र स्याङ्जामा ४–४ जना, म्याग्दीका ३, गोरखाका २, पर्वत, लमजुङ र नवलपरासी वर्दघाट सुस्ता पूर्वका एक–एक जनाको निधन भएको गण्डकी प्रदेश स्वास्थ्य निदेशनालय पोखराले जनाएको छ ।

निर्देशनालयका अनुसार पोखरा महानगरपालिका वडा नम्वर ५ का ४६ वर्षिय पुरुष, वडा नम्वर १० का ५० वर्षिय पुरुषको उपचारका क्रममा पछिल्लो २४ घण्टामा निधन भएको हो ।

यस्तै स्याङ्जाको गल्याङ– ११ का ३५ वर्षिय पुरुष, गल्याङ कै वडा नम्वर ३ का ३६ वर्षिय पुरुष, भिरकोट नगरपालिका–४ की ८० वर्षिया महिला र पुतली बजार नगरपालिका–८ का ८३ वर्षिय पुरुषको उपचारका क्रममा पोखराका विभिन्न अस्पतालमा उपचारका क्रममा निधन भएको छ ।

म्याग्दीको बेनी नगरपालिका–६ की ६१ वर्षिय महिला, वडा नं ७ की ७४ वर्षिय महिला, वडा नम्वर ९की ९० वर्षिय महिलाको उपचारका क्रममा बेनी अस्पतालमा निधन भएकको छ ।

त्यस्तै कोरोना भाइरस संक्रमणबाट गोरखाको सिरानचोक गाउँपालिका–२ की ५० वर्षिया महिला, सोही स्थानका ८२ वर्षिय पुरुषको कोरोना भाइरस संक्रमणबाट उपचारका क्रममा निधन भएको निर्देशनालयले जनाएको छ ।

यस्तै संक्रमणबाट पर्वतको पैयूं गाउँपालिका–४ का ६० वर्षिय पुरुष, तनहुँको भिमाद गाउँपालिका–६ की ५४ वर्षिया महिला, लमजुङको बेशीशहर नगरपालिका –१ का ६२ वर्षिय पुरुष, नवलपरासी पूर्वको कावासोती नगरपालिका–८ की ८४ वर्षिया महिलाको विभिन्न अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचाररत सिन्धुलीको पिपलगाउँ–८ की ३५ वर्षिया महिला र भारतको गोरखपुरकी ६४ वर्षिया महिलाको उपचारको क्रममा सोमबार निधन भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा विनोद विन्दु शर्माले जानकारी दिए ।

यो सहित गण्डकी प्रदेशमा हालसम्म कोरोना भाइरस संक्रमणबाट निधन हुनेको संख्या ५३१ पुगेको छ ।

यसअघि शनिबार कास्कीका १२ सहित २१ जनाको निधन भएको थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।