पोखरा । गण्डकी प्रदेशमा हालसम्म २४ हजार बढी कोरोना भाइरस संक्रमणमुक्त भएका छन् ।
सोमबार विभिन्न जिल्लाका ६५३ जना कोरोना मुक्त भएसंगै प्रदेशमा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या बढेर २४ हजार ४२० पुगेको हो ।
हालसम्म प्रदेशमा ३५ हजार ३२६ जना कोरोना संक्रमित भएका छन् । अब १० हजार ३५५ जना आइसोलेसनमा छन् । तीमध्य ९ हजार ६०७ जना होम आइसोलेसनमा रहको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
गत साता ४ हजार बढी कोरोना भाइरस संक्रमण मुक्त भएका छन् । यस्तै आइतबार मात्रै ६९९ जना कोरोनामुक्त भएका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


तेस्रो संस्करणको नेपाल प्रिमियर लिग अन्तर्गत पोखरा एभेन्जर्सविरुद्ध विराटनगर किङ्सले चार विकेटको…







