बढ्दो महामारीका रुपमा रहेको कोभिड ज्ञढ का विषयमा परामर्श दिने उद्देश्यले वडा कार्यालय पोखरा १९ ले जेष्ठ नागरिक तथा कोभिड मनोसामाजिक परामर्श स्वास्थ्य क्लिनिक शुरु गरेको छ।
पोखरा ज्ञढ लामाचौर बगैंचा रहेको अकला लक्ष्मीनारायण मन्दिरको सभाहलबाट सुरु गरिएको हो।
क्लिनिक को एक कार्यक्रमकाबीच वडा अध्यक्ष शोभा मोहन पौडेलले सुरुवात गर्नुभएको हो कार्यक्रममा बोल्दै वडा अध्यक्ष शोभा मोहन पौडेलले पछिल्लो समय को रोनाको महामारी बढिरहेको र देशमा निषेधाज्ञा जारी रहेकाले यसबाट पर्ने प्रभावलाई न्युनिकरण गर्न किल्निक सफल हुने बताउनुभयो । लामाचौर स्वास्थ्य स्चौकीका प्रमुख श्यामसुन्दर आचार्यले किल्निक बाट कोरोना संक्रमण मुक्त व्यक्ति सामान्य रूघा खोकी भई औषधि नपाइरहेका लक्ष्ीत ब्यक्ति तथा गर्भवती महिलालाई आवश्यक परामर्श दिने बताउनुभयो ।
क्लिनिक सावजनिक बिदा बाहेक प्रत्येक दिन बिहान ज्ञण् बजेदेखि चार बजेसम्म सञ्चालन हुने बताइएको छ सोमबार मात्र घण् जना जेष्ठ नागरिक एवं अन्य बिरामीले सेवा लिएको बताइएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


तेस्रो संस्करणको नेपाल प्रिमियर लिग अन्तर्गत पोखरा एभेन्जर्सविरुद्ध विराटनगर किङ्सले चार विकेटको…







