कास्कीमा हालसम्म करिव १४ हजार १ सय कोरोना भाइरसमुक्त, ३१७२ आइसोलेसनमा


     एभरेस्ट आवाज    
     जेठ १२ गते २०७८ मा प्रकाशित




पोखरा । कास्कीमा हालसम्म करिव १४ हजार एक सय जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा २५१ जना कारोनामुक्त भएसंगै निको हुनेको संख्या १४ हजार ९८ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।

सोही अवधीमा ३७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका ६७४ जनामा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पाइएको हो । यो सहित हालसम्म कोरोना भाइरस संक्रमण पुष्टि हुनेको संख्या १७ हजार ५३८ पुगेको छ ।

यस्का साथै जिल्लामा अव ३ हजार १७२ जना सक्रिय संक्रमित छन् । कोरोना संक्रमणबाट जिल्लाका २६८ जनाले ज्यान गुमाएका छन् । पछिल्लो २४ घण्टामा ४ जनाको कोरोना संक्रमणबाट निधन भएको छ ।

निर्देशनालयका अनुसार पोखरा–२६ का ४९ वर्षीय पुरुष, पोखरा–१२ का ७८ वर्षीय पुरुष,पोखरा–१ का ४१ वर्षीय पुरुष र कास्की माछापुच्छ्रे–३ का ८५ वर्षीय पुरुषको पोखरामा उपचारका क्रममा निधन भएको हो ।

यस्तै सोही अवधीमा गण्डकी प्रदेशभर १ हजार ७९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

भने ९४१ जना कोरोना भाइरसमुक्त भएका छन् । कोरोना संक्रमणबाट थप ७ जनाको निधन भएको पनि निर्देशनालयले जनाएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।