अक्सिजन कन्सनट्रेटर हस्तान्तरण


     एभरेस्ट आवाज    
     जेठ १३ गते २०७८ मा प्रकाशित




दमौली । तनहुँ सदरमुकाममा रहेका बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिको संस्था बैंकर क्लब अफ दमौलीले व्यास नगरपालिकालाई दुई थान अक्सिजन कन्सनट्रेटर हस्तान्तरण गरेको छ । नगरपालिकाले सञ्चालन गरेको आइसोलेशनका लागि उक्त संस्थाले अक्सिजन कन्सनट्रेटर सहयोग गरेको हो ।

बैंकर क्लबका अध्यक्ष राजु रानाले आज नगरप्रमुख वैकुण्ठ न्यौपानेलाई अक्सिजन कन्सनट्रेटर हस्तान्तरण गरे । कोभिड–१९ को विषम परिस्थितिमा नगरवासीको जीवनरक्षाका लागि सामाजिक उत्तरदायित्व वहन गर्दै अक्सिजन कन्सनट्रेटर सहयोग गरेका रानाले बताए । उनका अनुसार रु दुई लाख ५४ हजार बराबरको सामग्री नगरपालिकालाई हस्तान्तरण गरिएको छ ।

नगरप्रमुख न्यौपानेले सङ्कटको घडीमा संस्थाले पु¥याएको सहयोगप्रति आभार व्यक्त गर्दै सामूहिक प्रयासबाट कोभिड नियन्त्रण सम्भव रहेको बताए । यसैगरी लायन्स क्लब अफ तनहुँले सो नगरपालिकालाई अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको छ । कोरोना रोकथाम र नियन्त्रणमा सहयोग पु¥याउन क्लबले नगरपालिकालाई एक थान अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको हो ।

क्लबका अध्यक्ष सरोज भण्डारीलगायत पदाधिकारीले नगरप्रमुख न्यौपानेलाई उक्त अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरेको छ । समाजसेवा नै मूल मन्त्र ठानेर सामाजिक कार्यमा सक्रिय युवाहरुको संस्थाले नगरवासीको जीवनरक्षाका लागि उक्त सहयोग गरेको भण्डारीले बताए ।

तनहुँको आँबुखैरेनी गाउँपालिकालाई अक्सिजन कन्सन्ट्रेटर प्राप्त भएको छ । करुणा फाउण्डेशन काठमाडौँले गाउँपालिकालाई दुई थान कन्सन्ट्रेटर सहयोग गरेको हो । कोभिड महामारीका बेला संस्थाले गरेको सहयोगले सङ्क्रमितको उपचारमा सहयोग पुग्ने गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापाले जानकारी दिनुभयो । प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोख्रेलले कन्सन्ट्रेटर सहयोग गरेकामा संस्थाप्रति आभार व्यक्त गरे । (रासस)


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।