काठमाडौं । नेपालमा लगातार कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या तेस्रो दिनपनि बढेको छ ।
शुक्रबार देशभरबाट थप ९ हजार ८४१ जना कोरोना भाइरस संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जुन अहिलेसम्म धेरै हो । करिव १० हजारको संख्यामा अहिलेसम्म कोरोना भाइरस संक्रमणमुक्त भएका थिएनन् ।
यो सहित हालसम्म देशभरबाट ४ लाख २८ हजार ६७० जनाले कोरोना भाइरस संक्रमण जितेका छन् ।
यसअघि बिहीबार ७ हजार २२६ र बुधबार ६ हजार ७१६ जना कोरोना भाइरस संक्रमणमुक्त भएका थिए ।
यस्तै सोही अवधीमा ६ हजार ९५१ ज्नामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
देशभरबाट १९ हजार ३१३ पिसिआर र ७९७ एन्टीजेन परीक्षणका क्रममा उनीहरुमा संक्रमण पाइएको हो ।
संक्रमणबाट पछिल्लो २४ घण्टामा ९६ जनाको निधन भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृतक संख्या पनि घटेर १०० भन्दा तल झरेको छ । कोरोना भाइरस संक्रमणबाट हालसम्म ७ हजार ४७ जनाको निधन भएको छ । भने १ लाख १३ हजार ३९४ जना आइसोलेसनमा छन् ।
मन्त्रालयका अनुसार गण्डकी प्रदेशका कास्की, गोरखा, नवलपरासी पूर्व, तनहुँ, स्याङ्जा, पर्वत, म्याग्दी र लमजुङ लगायत झण्डै ५० जिल्लामा ५ सय बढी कोरोना संक्रमित आइसोलेसनमा छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


तेस्रो संस्करणको नेपाल प्रिमियर लिग अन्तर्गत पोखरा एभेन्जर्सविरुद्ध विराटनगर किङ्सले चार विकेटको…







