कोरोना भाइसबाट हालसम्म ८ सय १३ जना पत्रकार तथा संचारकर्मी संक्रमित भएका छन्।
त्यसैगरी हालसम्म १६ पत्रकारको कोरोना भाइरसबाट मृत्यु भएको छ। महासंघले दिएको जानकारीअनुसार हाल ३ जना पत्रकार आइसीयूमा छन् भने ३ जना पत्रकारको भेन्टिलेटरमा उपचार भइरहेको छ।
पछिल्लो समय कोरोना संक्रमणका कारण पत्रकार चन्द्रप्रसाद न्यौपानेको ४७ वर्षको उमेरमा भएको असामयिक निधनप्रति महासंघले गहिरो दुःख व्यक्त गरेको छ ।
महासंघले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै भनेको छ, ‘नेपाल पत्रकार महासंघको एसोसिएट संस्था नेपाल पर्यटन पत्रकार मञ्चका सदस्य तथा निजी रेडियोहरुको छाता संस्था ब्रोडकाष्टिङ एसोसिएसन अफ नेपाल (बान) का अध्यक्ष चन्द्रप्रसाद न्यौपानेको कोरोना संक्रमणका कारण ४७ वर्षको उमेरमा भएको असामयिक निधनको दुःखद् खबरले नेपाल पत्रकार महासंघ स्तब्ध र दुःखी भएको छ ।’
महासंघका महासचिव रोशन पुरीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘कोरोना संक्रमण पुष्टि भएपछि १८ दिनदेखि विराटनगरको विराट मेडिकल कलेजमा उपचाररत न्यौपानेको स्वास्थ्यमा थप समस्या आएपछि केही दिनदेखि भेन्टिलेटरमा राखी उपचार भैरहेकोमा आज बिहान उपचारकै क्रममा निधन भएको हो।’
स्वर्गीय न्यौपानेका श्रीमती, एक छोरा र एक छोरी छन् ।
पछिल्लो केही दिनयता कोरोना संक्रमणको दर बढिरहेकोले चुनौतीपूर्ण अवस्थामा सम्भावित जोखिमको ख्याल गरी संपूर्ण स्वास्थ्य सुरक्षाका उपायहरु अवलम्बन गर्दै पेशागत कर्ममा जुट्न सबै पत्रकारमा महासंघले अपिल समेत गरेको छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


तेस्रो संस्करणको नेपाल प्रिमियर लिग अन्तर्गत पोखरा एभेन्जर्सविरुद्ध विराटनगर किङ्सले चार विकेटको…







