पोखरा । गण्डकी प्रदेशमा शनिबार कोरोना भाइरस संक्रमितभन्दा निको हुनेको संख्या बढेको छ ।
विभिन्न प्रयोगशालाहरुमा एक हजार ७४८ जनामा गरिएको परीक्षणमा ६४६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि हुँदा ७७७ जना कोरोना संक्रमणमुक्त भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।
पछिल्लो २४ घण्टामा थपिएका संक्रमितमध्य कास्कीका १४०, बाग्लुङका १२७, स्याङ्जाका ११५, नवलपरासी वर्दघाट सुस्ता पूर्व र तनहुँका ६४–६४, गोरखाका ५६, लमजुङका ५४, म्याग्दीका २४ र पर्वतका ३ जना छन् ।
यो सहित प्रदेशभर हालसम्म ४१ हजार १४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । तीमध्य २९ हजार ३७३ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् ।
अब प्रदेशमा ११ हजार १२७ जना सक्रिय संक्रमित आइसोलेसनमा छन् ।
यस्तै कोरोना भाइरस संक्रमणबाट पछिल्लो २४ घण्टामा २१ जनाको निधन भएको छ । निधन हुनेमा कास्कीका ५, बाग्लुङ र नवलपरासी बर्दघाट सुस्ता पूर्वका ४–४, लमजुङ र तनहुँका ३–३, म्याग्दी र मुस्ताङका एक–एक जनाको निधन भएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


तेस्रो संस्करणको नेपाल प्रिमियर लिग अन्तर्गत पोखरा एभेन्जर्सविरुद्ध विराटनगर किङ्सले चार विकेटको…







