प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भारतको देहरादूनमा अध्ययनरत नेपाली विद्यार्थी कुटिएको घटनाबारे भारत सरकारको ध्यानाकर्षण गराउन र ती तिनको अविलम्ब उद्धार गर्न सरकारसमक्ष माग गरेको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आज विज्ञप्तिमार्फत एकार्का देशका विभिन्न शहरमा अध्यनरत नेपाल र भारत दुवै देशका विद्यार्थीले सुरक्षित र निर्भीक वातावरण प्राप्त गर्नु तिनको अधिकार मात्रै नभई त्यसको सुनिश्चितता गर्ने अभिभारा दुवै देशका सरकारको भएको औँल्याउनुभएको छ ।
प्रवक्ता शर्माले नेपाली विद्यार्थीको सुरक्षा र सम्मानका बारेमा गम्भीर पहलकदमी गरेर आगामी दिनमा यस्ता घटना कहीँ पनि हुन नदिन आवश्यक सतर्कताका लागि सरकारसमक्ष माग गर्नुभएको छ ।रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, २६ बैशाख। र्याण्डम रिडर्स सोसाइटीको नियमित किताब परिचर्चा कार्यक्रमको १२६ औं श्रृङ्खलामा…






