काठमाण्डौं । विवेकशील साझा पार्टीका नेता उज्ज्वल थापाको आज निधन भएको छ । कोरोना सङ्क्रणका कारण ललितपुुको मेडिसिटी अस्पतालमा उपचाररत ४४ वर्षीय नेता थापाको अन्तिम परीक्षणमा रिपोर्ट नेगेटिभ आए पनि आज अपरान्ह ४ : २५ मा निधन भएको हो ।
उनको परिवार एवं शुभेच्छुकका तर्फबाट जारी गरिएको विज्ञप्तिमा भनिएको छ “ थापाले प्रभाव पारेका जिन्दगीहरू र उनीहरूका सफलताहरूस नेपालको राजनीतिक प्रणालीको सुधार गर्न उहाँले गर्नुभएका हस्तक्षेप, युवालाई राजनीतिको मूलधारमा समावेश गर्न उहाँको उत्प्रेरणा तथा सहयोग लामो समयसम्म सम्झिइनेछ र त्यसलाई इतिहासले सकारात्मक किसिमले मूल्याङ्कन गर्नेछ भन्ने हामीलाई लागेको छ ।”
यसैगरी सो पार्टीका अध्यक्ष रवीन्द्र मिश्र र संयोजक मिलन पाण्डेले आज विज्ञप्ति जारी गरी थापाको १३ औँ दिनको स्मृतिमा वृक्षरोपण गर्न आग्रह गरिएको छ भने थापाले दिएको राजनीतिक योगदान र संस्कारबारे छलफल सञ्चालन गरिने उल्लेख गरिएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, भदौ १६ पोखरेली व्यवसायी नारायणप्रसाद पौडेल सम्बद्ध ३ संस्थाले बाढी…







