पोखरा । गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा एक हजार ३७२ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । यो संगै प्रदेशमा कोरोनामुक्त हुनेको दर बढेको छ ।
बुधबारमात्रै प्रदेशका विभिन्न जिल्लाका ८३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । विभिन्न जिल्लाका २ हजार २४६ जनामा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जानकारी दिएको छ ।
आज थपिनेमा कास्कीका १५१, स्याङ्जाका १३३, गोरखाका १२७, नवलपरासी वर्दघाट सुस्ता पूर्वका ११७, बाग्लुङका ११२, लमजुङका ७३, तनहुँका ५५, म्याग्दीका ३६ र पर्वतका ३४ जना छन् ।
योसहित हालसम्म प्रदेशभर ४३ हजार ८३५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यस्तै ३३ हजार २५१ ज्ना कोरोना संक्रमणमुक्त भएका छन् । अब प्रदेशमा ९ हजार ८७९ जना सक्रिय संक्रमित छन् । ती मध्य ९ हजार ७१ जना होमआइसोलेसनमा रहेको निर्देशनालयद्वारा अध्यावधि विवरणमा उल्लेख गरिएको छ ।
पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट थप १३ जनाको निधन भएसंगै ७०७ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


तेस्रो संस्करणको नेपाल प्रिमियर लिग अन्तर्गत पोखरा एभेन्जर्सविरुद्ध विराटनगर किङ्सले चार विकेटको…







