नेपालमा भेटिएका भेरियन्ट ‘अल्फा’ र ‘डेल्टा’ मात्रै हुन् : स्वास्थ्य मन्त्रालय


     एभरेस्ट आवाज    
     जेठ २० गते २०७८ मा प्रकाशित




पोखरा । नेपालमा हालसम्म दुई वटामात्रै कोरोना भाइरसका भेरियन्ट भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानएको छ ।

मन्त्रालयले आज एक विज्ञप्ती निकाल्दै नेपालमा हालसम्म ‘अल्फा’ र ‘डेल्टा’ भेरियन्ट भेटिएको जनाएको हो ।

मन्त्रालयले यस बाहेक अरु कुनैपनि नयाँ भेरियन्ट नेपालमा पुष्टि नभएको दावी गरेको छ । ‘नेपालमा यस बाहेक अरु कुनै नयाँ भेरियन्ट भेटिएको छैन, विभिन्न सञ्चार माध्यमहरुमा आएको नेपालमा नयाँ भरियन्ट पत्ता लागेको समाचारप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ ।’ मन्त्रालयका प्रवक्ता डाक्टर कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तीमा भनिएको छ ।

पछिल्लो समय नेपालमा फैलिएको कोभिड–१९ भेरियन्टलाई विश्व स्वास्थ्य संगठन (डब्लुएचओले ‘डेल्टा बी.१.६१७.२’ नाम दिएको छ ।

यस्तै डब्लुएचओले भेरियन्ट अफ कन्र्सनभित्र परेको र विभिन्न देशहरुमा फैलिएको कोभिड–१९ को नयाँ भेरियन्टलाई ‘अल्फा’, ‘डेल्टा’, ‘गामा’, ‘कप्पा’ लगायतका छुट्टाछुट्टै नाम दिइएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।