गण्डकी प्रदेशमा ५६६ कोरोना संक्रमित हुँदा ५२३ संक्रमणमुक्त


     एभरेस्ट आवाज    
     जेठ २२ गते २०७८ मा प्रकाशित




पोखरा । गण्डकी प्रदेशमा शनिबार ५६६ जना कोरोना संक्रमित हुँदा ५२३ कोरोना संक्रमणमुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा एक हजार ५९० जनामा गरिएको परीक्षणमा कास्कीका ८५ सहित ५६६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।

आज थपिनेमध्य कास्कीका ८५, बाग्लुङका १२४, नवलपरासी वर्दघाट सुस्ता पूर्वका १२१, गोरखाका ७२, लमजुङका ५०, स्याङ्जाका ३४, म्याग्दीका ३१, तनहुँका ३० जनामा छन् ।

यो सहित हालसम्म प्रदेशभर कोरोना भाइरस संक्रमण पुष्टि हुनेको संख्या ४५ हजार ९८७ पुगेको छ । ती मध्य ३५ हजार ७७३ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । अब प्रदेशमा ९ हजार ४६६ जना सक्रिय कोरोना भाइरस संक्रमित छन् । तीमध्य ८ हजार ५ जना होमआइसोलेसनमा छन ।

यस्तै पछिल्लो २४ घण्टामा संक्रमणबाट थप १५ जनाको निधन भएको छ । संक्रमणबाट कास्कीका ७, लमजुङका ३, म्याग्दी, पर्वत, बाग्लुङ, गोरखा र तनहुँका एक–एक जनाको निधन भएको निर्देशनालय पोखराले जनाएको छ ।

यो सहित हालसम्म प्रदेशभर कोरोना भाइरस संक्रमणबाट ७४८ जनाको ज्यान गुमेको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।