भुर्जुङखोलामा ५६ युनिट रगत संकलन


     एभरेस्ट आवाज    
     जेठ २७ गते २०७८ मा प्रकाशित




कोरोना जोखिमको कारण दैनिक रगत अभावको खबर आइरहेको सन्दर्भमा कास्कीको भुर्जुङखोलामा ५६ युनिट रगत संकलन भएको छ।

जिल्लाको माछापुच्छ्रे गाउँपालिका–२, भुर्जुङखोलास्थित स्थानीय ग्रीनफोर्स युथ क्लबले बुधबार आयोजना गरेको अकास्मिक रक्तदान कार्यक्रममा रगत संकलन गरिएको हो।

सोही अवसरमा ग्रीनफोर्स युथ क्लबले सार्दीखोला स्वास्थ्य चौकीमा संचालित आइसोलेसन कक्षको व्यवस्थापनार्थ २० हजार रुपैयाँ सहयोग समेत गरेको छ।

क्लबका अध्यक्ष रामप्रसाद गुरुङको अध्यक्षतामा सम्पन्न रक्तदान कार्यक्रम जिल्ला रेडक्रस सोसाइटी कास्कीको प्राविधिक सहयोगमा भएको क्लबका कोषाध्यक्ष राजेन्द्र आचार्यले जानकारी दिए।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।