नेपाली युवालाई अस्ट्रेलियाब्यापी शारीरिक सुगठन प्रतियोगितामा दुई स्वर्ण


     एभरेस्ट आवाज    
     जेठ २८ गते २०७८ मा प्रकाशित




ब्रिसबेन । अस्ट्रेलियाको ब्रिसबेनमा २९ मे शनिवार भएको आइएनबिए नेसनल अस्ट्रेलिया च्याम्पेनसिपमा नेपाली मुलका युवा सुजन सिल्पकारले दुईवटा गोल्ड एक सिल्भर मेडल जित्न सफल भएका छन् ।


सिल्पकारले म्यान्स फिजिक्स नोभिसमा गोल्ड मेडल, मेन्स ओपन हाइट क्लासमा अर्को गोल्ड र मेन्स फिजिक्स ३० प्लसमा सिल्भर मेडल जितेका हुन् । अस्ट्रेलियाभरिका करिव २ सय भन्दा बढी प्रतिस्पर्धीलाई पछाडी पार्दै सिल्पकारले यो उपाधी जितेका हुन् ।


नेपालको पोखरामा जन्मिएको सिल्पकार २००९ मा अस्ट्रेलिया आएका थिए । १६ बर्षको उमेर देखिनै जीम जान शुरू गरेका सिल्पकार २०१९ देखि आइसिएन प्रतियोगितामा सहभागी भैरहेका छन् ।
२०१९ मा तास्मिानियामा भएको प्रतियोगितामा उनले दुइवटा गोल्डमेडल पाएका थिए भने फिजिक ओपनमा उनी पाँचौ स्थानमा थिए । त्यसपछि अस्ट्रलियाका बिभिन्न सहरहरुमा भएका प्रतियोगिताहरुमा सिल्पकारले उत्कृष्ट प्रदर्शन गरेर धेरै पदकहरु जितेका छन् ।

उनले २०१९ मा मेलबर्नमा भएको विश्व बडिबिल्डिङ प्रतियोगितामा एक गोल्ड र एक सिल्भर मेडल पनि जितेका थिए । यो प्रतियोगितामा १८ देशका ७६८ खेलाडीहरू सहभागी भएका थिए ।


सिप्लकारले भने, “अबको मेरो लक्ष्य भनेको २०२१ मा दक्षिण कोरियामा हुने आइसिएन बिश्व च्याम्पियनसिपमा सहभागि भएर गोल्ड मेडल जित्ने रहेको छ ।”

सिल्पकार अहिले पर्सनल फिटनेस ट्रेनर बिषयको अध्ययन गरिरहेका छन् । भबिष्यमा पर्सनल फिटनेस ट्रेनर भएर काम गर्ने उनलको लक्ष्य रहेको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।