गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक महिना यताकै कम


     एभरेस्ट आवाज    
     जेठ २८ गते २०७८ मा प्रकाशित




फाइल तस्बीर

पोखरा । शुक्रबार गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या एक महिना यताकै सबैभन्दा कम भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।

निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा संक्रमणबाट कास्कीका ४ जना सहित ६ जनाको मृत्यु भएको जनाएको छ ।

आज संक्रमणबाट कास्कीका ४, गोरखा र नवलपरासी वर्दघाट सुस्ता पूर्वका एक–एक जनाको मृत्यु भएको छ । यो सहित प्रदेशभर कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ८२३ पुगेको छ ।

पछिल्लो एक महिना यता संक्रमणका कारण ज्यान गुमाउने संख्या हालसम्मकै कम हो । यसअघि सबैभन्दा बढी जेठ ५ र १४ गते ३०–३० जनाको मृत्यु भएको थियो ।

यस्तै पछिल्लो २४ घण्टामा प्रदेशमा ३७६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि हुँदा ३४७ जना कोरोनामुक्त भएको निर्देशनालयले जनाएको छ ।

यो सहित हालसम्म प्रदेशमा ४९ हजार जनामा कोरोना भाइरस संक्रमण भएको छ । तीमध्य ४२ हजार ३०८ जना संक्रमणमुक्त भएका छन् ।

अब प्रदेशमा ६ हजार २८३ जना आइसोलेसनमा रहेको जनाइएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।