ल्वाङमा बाहिरका मान्छेलाई प्रवेशमा रोक लगाउन राखिएको ढाँट । तस्बिर सौजन्य : गीता राना मगर
पर्यटकीय गाउँ ल्वाङमा बाहिरकालाई प्रवेश निशेध गरिएको छ । कास्की जिल्ला माछापुच्छ«े गाउँपालिका वडा नम्बर ८ मा पर्ने पर्यटकीय ल्वाङ गाउँमा बाहिरबाट जानेलाई प्रवेश निशेध गरिएको हो । विश्वब्यापी महामारीका रुपमा फैलिएको नोभल कोरोना भाईरस (कोभिड(१९) को संक्रमण फैलिइरहेको र बढ्दो जोखिम न्यूनिकरणका लागि यस्तो निर्णय गर्न बाध्य भएको ल्वाङ टोल विकास संस्थाका अध्यक्ष सेते गुरुङले जनाएका छन् ।

पर्यटन व्यवसायीहरुले पर्यटन क्षेत्र चलायमान बनाउनुपर्छ भनिरहँदा ल्वाङका स्थानियले भने तिहारसम्म ल्वाङमा प्रवेश निशेध भनेर ब्यानर नै टाँगेका छन् । उनीहरुले ढाँट नै राखेर गाउँ प्रवेश गर्न नदिने गरेको ल्वाङ पुगेका पोखराका पत्रकार गीता रानाले जानकारी दिए । ढाँट राखिएको छ,‘ढाँट नाघेर जान खोज्यो भने स्थानिय युवाहरु आएर प्रवेश नगर्न चेतावनी दिन्छन् ।’
त्यसरी मान्छे रोक्न त्यहाँ दैनिक ज्यालादारीमा युवाहरु ख्टाउने गरिएको छ । जसलाई ल्वाङ टोल विकास संस्थाले दैनिक ८ सयका दरले भत्तासमेत दिने गरेको छ । दैनिक २ जना विहान ७ः३० बजेदेखि राती ८ बजेसम्म खटिनेगरेको टोल विकास संस्थाले टाँस गरेको सूचनामा उल्लेख छ ।
ल्वाङमा प्रवेश निशेध गरिएपनि घलेलहुँदै मर्दी ट्रेक जाने बाटो भने खुल्लै रहेको पत्रकार रानाले बताए । उसो त स्थानियलाई भने त्यहाँ निर्वाध रुपमा आवतजावत गर्न पाईने नियम बनाइएको छ । तर कसैले विभिन्न नाता लगाई बाहिरको मान्छे लगेको पत्ता लागे २ हजार रुपैयाँ जरिवाना गर्ने ब्यबस्थासमेत गरेको सूचनामा उल्लेख छ ।
टोल विकास संस्थका अध्यक्ष सेते गुरुङको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको र मंसीर ३ गतेदेखि मात्रै होमस्टे सञ्चालन गर्ने निर्णय भएको सूचनामा जनाइएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम जारी…






