तस्बीरः एजेन्सी
लामो समय पानी नपरेपछि अमेरिकाको उत्तरपश्चिमी इलाकाको ठूलो क्षेत्र तथा क्यानडामा अत्यधिक गर्मी बढेका कारण त्यहाँको सामान्य जनजीवन प्रभावित भएको छ।
उच्च गर्मीका कारण क्यानाडाको ब्रिटिश कोलम्बिया प्रान्तमा शुक्रबार यता कम्तिमा २३० जनाको मृत्यु भएको जनाइएको छ।
मंगलबार ब्रिटिश कोलम्बियामा अहिलेसम्म उच्च ४९.५ डिग्री तापक्रम मापन गरिएको थियो। यसअघि, ४५ डिग्रीभन्दा माथि कहिल्लै नगएको तापक्रम यस पटक उच्च तहमा पुगेको देखिएको छ।
अमेरिकी मौसम सेवा (एनडब्लुएस) ले तापक्रम अत्यधिक हुने र गर्मी अझै बढ्ने चेतावनी दिएको छ। वासिङ्टन तथा ओरिगन राज्यसहित क्यालिफोर्निया र आइडाहो राज्यका केही क्षेत्रमा गर्मी तथा तातो हावाका कारण जनजीवन प्रभावित भएको हो।
ओरिगन राज्यको मुल्ट्नोमाह काउन्टीले ‘जीवनमाथि नै गम्भीर चुनौति दिने’ खालको गर्मी हुन सक्ने चेतावनी दिएको छ।
केही शहरहरूले स्थानीय बासिन्दाहरूका लागि वातानुकुलित क्षेत्रमा बस्न पाउने सुविधासहितका शितल केन्द्रहरू खुला गरेका छन्।
अमेरिकाको उत्तर पश्चिम र क्यानडामा केही सातादेखि निरन्तर तापक्रम बढ्दै गएको बताइएको छ। विज्ञहरुले जलवायु परिवर्तनका कारण यस्तो खालका अति गम्भीर मौसमी अवस्था थप बढ्न सक्ने बताएका छन्।
मृत्यु हुनेमा सबैभन्दा बढी वृद्धवृद्धा छन्। मंगलबार लगातार तेस्रो दिन क्यानडाको अधिकतम तापक्रम कीर्तिमानी ४९.५ डिग्री सेल्सियस पुगेको थियो। क्यानडामा तापक्रम ४५ डिग्रीभन्दा माथि गएको यो पहिलो घटना हो। अझै केही दिन तापक्रम उच्च रहने र तातो हावा चल्ने इन्भाइरोमेन्ट क्यानडाले चेतावनी जारी गरेको छ।
विज्ञहरुले जलवायु परिवर्तनका कारण बढ्दो क्रममा रहेका बाढी, आँधी तथा अत्यधिक गर्मी जस्ता घटनाहरुले धेरैको ज्यान लिन सक्ने चेतावनी दिँदै आएका छन्।
सीएनएन
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


भारी हिमपात र निरन्तर वर्षाका कारण हिमाल आरोहणका लागि मनसुन प्रतिकूल भएपछि…






