पोखरा । नेपालका विकट गाउँका प्राथमिक स्वास्थ्य केन्द्रलाई लक्षित गरेर हङकङ नेपाली महासङ्घले कोरोना सङ्क्रमित गम्भीर बिरामीहरूका लागि सय थान अक्सिजन कन्सन्ट्रेटर पठाएको छ ।
प्राथमिक स्वास्थ्य केन्द्रहरूलाई वितरण गर्ने उद्देश्यले महासङ्घले पहिलो चरणमा सय थान अक्सिजन कन्सन्ट्रेटर पठाएको महासङ्घका निवर्तमान अध्यक्ष समेत रहेकी संयोजक रिता गुरुङले जानकारी दिएकी छिन् । संयोजक गुरुड.का अनुसार नेपालमा कोरोना सङ्क्रमणको दर र मृत्यु दरमा सोचे जति कमी नआएकाले महासङ्घले हङकङस्थित नेपाली महाबाणिज्यदुतको कार्यालय, हङकङ सरकार, चिनिया दूतावास र त्यहीको गैरसरकारी संस्था सोअर्स एक्सन बिच समन्वय गरेर नेपालमा सय थान अक्सिजन कन्सन्ट्रेटर पठाएको हो ।
उनले भनिन्, ‘महासङ्घलाई २ सय थान अक्सिजन कन्सन्ट्रेटर प्राप्त भएकोमा सबै एकै पटक नेपाल पठाउने प्रयास गरेका थियौँ तर एयर कार्गो समस्याले पहिलो चरणमा सय थान मात्र पठाउन सकिएको छ । नेपालमा छिटो भन्दा छिटो ती सामान पठाउने प्रयास जारी छ । बाँकी सय थान दुई तिन दिन भित्रमा पठाउने छौँ । नेपालबाट आउने जहाजको पर्खाइमा छौँ ।’ हङकङको सरकारी स्तरबाट गठित याउ चिम मोङ डिस्ट्रीक फाइट क्राइम कमिटीका उपाध्यक्ष समेत रहेकी गुरुङका अनुसार नेपाल पठाइएका ती मेडिकल उपकरण वितरणको व्यवस्था हाल कर्णाली प्रदेशका सात जिल्लामा स्थानीय गैर सरकारी संस्थाहरूको समन्वयमा भइरहेको छ ।
चिनको कुनमिन सहरबाट प्रति कन्सन्ट्रेटर १ हजार १ सय ५० अमेरिकी डलरमा दुई सय थान खरिद गरिएको र एउटैको तौल करिब ३० केजी हुने भएकाले सबै एकसाथ एयर कार्गो गर्न नसकिएको पनि गुरुङले बताइन् ।
अक्सिजन कन्सन्ट्रेटर उपलब्ध गराउने हङकङको गैर सरकारी संस्था सोअर एक्सनलाई धन्यवाद दिँदै उनले अर्को चरणमा १ लाख एन्टिजेन टेस्टिङ किट पठाउने तयारी पनि भइरहेको बताइन् ।

महासङ्घका पूर्व अध्यक्ष प्रदीप थापाले सकेसम्म ७७ वटै जिल्लाका दुर्गम क्षेत्रका प्राथमिक स्वास्थ्य केन्द्रमा आवश्यक मध्ये कम्तीमा एक थान अक्सिजन कन्सन्ट्रेटर पुर्याउने लक्ष राखेको बताए । उनले भने, ‘कोरोना संक्रमणबाट गम्भीर भएका बिरामीलाई त काम लाग्ने नै छ, कोरोना पछि अरू बिरामीका लागि पनि काम लाग्ने छ ।’
कोरोना महामारीले उत्पन्न गराएको विषम परिस्थितिमा ‘हेल्प नेपाल फाइट कोभिड १९’ नाराकासाथ महासङ्घले १० लिटर प्रति मिनेट अक्सिजन आपूर्ति गर्ने अक्सिजन कन्सन्ट्रेटर वितरण चाडो गर्न प्रत्येक प्रदेशका लागि एउटा ढुवानी ट्रकको व्यवस्था समेत महासङ्घ आफैले गरेको अध्यक्ष टङ्क रानाले बताए ।
नेपाल क्लब हड.कड.का तर्फबाट समाजसेवी गुरुड.ले यस अघि पनि बतास फाउन्डेसनको संयोजन र एभरेस्ट एफ.एम.को संचार अभियानको पश्चिमान्चल क्षेत्रीय अस्पतालमा अक्सिजन प्लान्ट स्थापनाका लागि रु २५ हजार सहयोग उपलब्ध गराईसकेकि छिन् ।

सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, जेठ १९ गण्डकी प्रदेश सरकारले कृषि र पर्यटन क्षेत्रलाई प्राथमिकतामा…







