भूमध्य सागरमा आप्रवासी चढेको डुुंगा डुब्दा ४३ जनाको ज्यान गयो


     एभरेस्ट आवाज    
     असार २० गते २०७८ मा प्रकाशित




युरोप जान लागेका आप्रवासी चढेको एउटा डुंगा डुब्दा ४३ जनाको ज्यान गएको छ।

८४ जनाको भने उद्धार भएको छ । डुङ्गा भूमध्य सागरमा डुबेको हो।

लिबियाको उत्तर पश्चिमी क्षेत्रबाट इटली जान हिँडेकाहरु चढेको डुंगा ट्युनिसियाको सीमा नजिकै दुर्घटनामा परेको हो।

डुंगामा इजिप्ट, सुडान, बंगलादेशलगायत देशका नागरिक चढेका खबरमा उल्लेख छ। द्वन्द्वका कारण केही वर्षयता मध्यपूर्व र अफ्रिका नागरिकहरु जोखिमयुक्त यात्रा गरेर युरोप प्रवेश गर्ने गरेका छन्।

बीबीसी


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।