तस्बीरः गुगलबाट
साउदी अरबले कोरोनाभाइरसको महामारी नियन्त्रणका लागि भन्दै छिमेकी मुलुकहरू संयुक्त अरब इमिरेट्स (युएई), इथियोपिया र भियतनामका नागरिकहरूको प्रवेशमा अनिश्चितकालका लागि प्रतिबन्ध लगाएको स्थानीय संचारमाध्यमले उल्लेख गरेको छन्।
साउदी अरबको राज्य संचालित संस्था एसपीएले सरकारी अधिकारीलाई उद्धृत गर्दै भनेको छ, ‘साउदी अरबबाट विदेश जान चाहने आफ्ना नागरिकलाई भने आधिकारिक सरकारी निकायबाट अनुमति पाएपछि मात्र यी देशहरू भ्रमण गन पाउने बताइएको छ। नयाँ प्रतिबन्धहरू आइतवार रातिदेखि लागू हुनेछन्।’
विश्व स्वास्थ्य संगठनले मार्च ११, २०२० मा कोभिड–१९को महामारीको घोषणा गरेको थियो। त्यसपछि विश्वका धेरै देशले कोभिड–१९ नियन्त्रणका लागि भन्दै स्वदेशी तथा विदेशी आवागमनलाई कडा पारेका छन्।
हालसम्म विश्वभरिका १८ करोड ३० लाख १० हजारभन्दा बढी मानिस कोरोनाभाइरसबाट संक्रमित भइसकेका जोन्स हकिन्स विश्वविद्यालयले पुष्टि गरेको छ। यस क्रममा साउदी अरबमा अहिलेसम्म ४ लाख ९० हजारभन्दा बढी मानिस कोभिड संक्रमित भएका छन् भने ७ हजार ८ सय भन्दा बढीको कोभिड संक्रमणपछि मृत्यु भएको छ।
यसैबीच, संयुक्त अरब इमिरेट्स (युएई) ले परराष्ट्र मन्त्रालय र राष्ट्रिय प्रकोप तथा विपद् व्यवस्थापन प्राधिकरणले यात्राको मौसम शुरू भएपछि नागरिकहरूले कोभिड–१९ सम्बन्धी सबै सावधानी र रोकथामका उपायहरू पालना गर्नु आवश्यक रहेको बताएको ‘द एक्सप्रेस ट्रिब्यून’ले लेखेको छ।
यूएईको नागरिक उड्डयन प्राधिकरणले एक सूचनामार्फत् लाइबेरिया, नामिबिया, सियरालियोन, प्रजातान्त्रिक गणतन्त्र कंगोे, युगान्डा, जाम्बिया, भियतनाम, भारत, बंगलादेश, श्रीलंका, नाइजेरिया र दक्षिण अफ्रिका तथा नेपालबाट हुने उडान जुलाई २१ को राति १२ बजेसम्मका लागि हवाई यात्रामा प्रतिबन्ध लगाइएको जानकारी गराइएको हो। यो प्रतिबन्ध कार्गो उडान, व्यापारिक तथा चार्टर उडानहरूलाई बाध्यकारी नहुने बताइएको छ।
युएईका अधिकारीहरूले युएईका नागरिकहरूलाई उनीहरूको यात्राको क्रममा कोभिड–१९ संक्रमण पुष्टि भएमा देशले लागू गरेको सबै निर्देशन तथा स्वास्थ्य नियमहरूको पालना सुनिश्चित गर्नका लागि अलग्गै बस्नुपर्ने बताएका छन्।
रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


मनसुन सुरु नहुँदै पोखराका विभिन्न स्थानमा जमिन भासिन थालेको छ । शुक्रबार…







