महानगर मेयर जिसीको स्वास्थ्यमा सुधार


     एभरेस्ट आवाज    
     श्रावण २ गते २०७८ मा प्रकाशित




फाइल तस्बीर

पोखरा महानगरपालिका प्रमुख मानबहादुर जिसीको अहिले काठमाडौंस्थित न्युरो अस्पताल बाँसबारीमा उपचार भइरहेको प्रमुखका प्रेस संयोजक माधव बरालले जानकारी दिएका छन्।

प्रमुख जिसीको स्वास्थ्यमा सुधार समेत आएको बरालले बताए। उच्च रक्तचापले मस्तिष्कघात भई त्यसको असरले प्रमुखको शरीरको देब्रेतर्फ समस्या आएको थियो।

हिँजै शल्यक्रिया गर्ने भनिएपनि चिकित्सकहरुलाई उद्धृत गर्दै बरालले तत्काललाई शल्यक्रिया गर्नु नपर्ने र हाललाई औषधीबाटै प्रमुख जिसीको उपचार भइरहेको बताए।

शुक्रबार बिहान करिब ४ बजे उनलाई स्वास्थ्यमा असहज महसुस भएपछि तत्कालै महेन्द्रपुलस्थित मेडिप्लस अस्पतालमा उपचारका लागि लगिएको थियो। मेडिप्लस अस्पतालमा प्रारम्भिक उपचार गरी मणिपाल शिक्षण अस्पतालमा लगिएको विज्ञप्तिमा थियो।

मणिपाल शिक्षण अस्पपालमा उनको उपचारमा संलग्न चिकित्सकका अनुसार उच्च रक्तचापले मस्तिष्कघात अर्थात सेरेब्राल इन्फार्कसन (Cerebral Infarction) भई त्यसको असरले प्रमुखको शरीरको देब्रेतर्फ समस्या आएको थियो। महानगर प्रमुखलाई थप उपचारका लागि हिँजो (शुक्रबार) नै हेलिकोप्टरमार्फत् काठमाडौं लगिएको थियो।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।