पोखरा । जिल्ला प्रशासन कार्यालय कास्कीले जारी निषेधाज्ञाको प्रावधानलाई थप खुकुलो पार्दै साउन तेस्रो सातासम्म लम्बाएको छ ।
आइतबार बसेको जिल्ला कोभिड–१९ व्यवस्थापन समितिको बैठकले जिल्लामा पछिल्लो दिनहरुमा कोरोना संक्रमणदर, मृत्युदर लगायतमा क्रमिक रुपमा कमी आइरहेको विश्लेषण गर्दै आगामी साउन २० गतेसम्म निषेधज्ञा लम्बाउने निर्णय गरेको हो ।
प्रशासनले यसअघिको निषेधाज्ञाको प्रावधानलाई थप खुकुलो पार्दै साउन २० गतेसम्म मध्यरातसम्म लम्बाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी थानेस्वर गौतमद्वारा हस्ताक्षरित आदेशमा भनिएको छ ।
जसअन्तर्गत अब साउन ६ देखि लामो दूरीका सवारीसाधन सीमित संख्यामा चल्ने भएका छन् । त्यसका लागि भने सम्बन्धित यातायात व्यवसायी संघको सिफारिस आधारमा सिडिओ कार्यालयले समन्वय गर्नेछ ।
यस्तै, होटल, रेष्टुरेन्टले टेकअवे, होम डेलिभरी, अनलाइन डेलिभरि सेवा दिन सक्ने छन् भने बास बस्न आउने पाहुनालाई होटलको बेड क्षमता आधारमा ५० प्रतिशतमात्र रहने गरी खान बस्न प्रबन्ध मिलाउन सक्ने गरी आदेश लागु गरिएको प्रशासनद्वारा जारी आदेशमा उल्लेख गरिएको छ ।
कास्कीभित्र चल्ने सार्वजनिक गाडी कुल सिट क्षमताभन्दा बढी नराखी स्वास्थ्य मापदण्डको पूर्ण पालना गरि चलाउन सकिने पनि निर्णय गरेको छ ।
प्रशासनले गत वैशाखदेखि कोरोना महामारी नियन्त्रणका लागि भन्दै निषेधाज्ञाको घोषणा गरेको थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


तेस्रो संस्करणको नेपाल प्रिमियर लिग अन्तर्गत पोखरा एभेन्जर्सविरुद्ध विराटनगर किङ्सले चार विकेटको…







