नेलम्बो नेपालको स्वास्थ्य शिविर २२२ जना लाभान्वित


     एभरेस्ट आवाज    
     श्रावण ७ गते २०७८ मा प्रकाशित




पोखरा । नेलम्बो नेपालको आयोजनामा कास्कीका दुई ठाउँमा भएका छुट्टा–छुट्टै निःशुल्क मुख तथा दन्त रोग सम्बन्धी स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

माछापुच्छ्रे गाउँपालिका वडा नं. ७ धम्पुसको उदय माध्यमिक विद्यालय र पृथ्वी नारायण माध्यमिक विद्यालयमा दुई–दुई दिनसम्म सञ्चालन भएको शिविरमा २२२ जनाको परीक्षण भएको छ ।

साथै शिविरमा २४ जनालाई औषधी उपचार गरिएको र एक जना विरामीको ट्युमरको सर्जरी पनि गरिएको पनि सस्थाका अध्यक्ष एकदेव देवकोटाले जानकारी दिए ।

शिविरमा दाँत भर्ने, निकाल्ने, सफा गर्ने, दाँतको एक्सरे गर्ने, दाँतको आरसिट गर्ने र मुख स्वास्थ्यको अध्ययन अनुसन्धान गरि रोगको पहिचान र निदानका लागि मुख तथा दाँत सम्बन्धी सम्पूर्ण औषधी उपचार गरि अध्यक्ष देवकोटाले बताए ।

संस्थाका अध्यक्ष एकदेव देवकोटाको अध्यक्षतामा भएको कार्यक्रममा वडा अध्यक्ष समबहादुर गुरुङ्गले बोलेका थिए ।

नेलम्बो नेपालका सिनियर डेण्टल र्सजन डा. रोशन के.सी, कार्यक्रम संयोजक डा. किसन कोइराला लगायत, डा. रोशन के.सी, डेण्टल हाइलेनिष्ट स्नेहा खण्ड्का, क्लिनिकल सपोर्ट विजय बलम्पाकी मगर, हेल्थ प्रमोशन अफिसर निर्मला देवकोटा, रिसर्च अफिसर समिका बस्नेत, टेक्निकल अफिसर रवि गुरुङ्ग, जनसम्र्पक अधिकृत भीम प्रसाद भण्डारी र सहयोगी मुक्त बहादुर मालको टिमले परीक्षण गरेको थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।