स्वास्थ्य,शिक्षा र वातावरणको क्षेत्रमा क्रियाशिल गैर सरकारी संस्था नेलम्बो नेपालले आइतबार लामाचौर स्वास्थ्य चौकी पोखरा १९ लाई स्वास्थ्य सामग्रि हस्तान्तरण गरेको छ । संस्थाका अध्यक्ष एकदेब देबकोटाका अनुसार नेबुलाइजर,मास्क,सेनिटाइजर,स्प्रे बोटल, स्ट्याण्ड,पि.पि.ई.सेट लगायतका स्वास्थ्य सामग्रि प्रदान गरिएको हो ।
नेपाल सरकारले नेपाल मास्क सप्ताह २३ श्रावण देखि शुरु गरेको सचेतनामूलक कार्यक्रमको सन्दर्भ पारि अभियानलाई सघाउ पुगोस् भनि स्वास्थ्य सामग्रि सहयोग गरिएको अध्यक्ष देवकोटाले बताउनु भयो । अत्यावश्यक परेका समुदायलाई सहि ठाँउमा सदुपयोग हुने गरि यस्ता सामग्रि पारदर्शि ढंगले बितरण गर्न नेलम्बो नेपाल तयार रहेको अध्यक्ष देबकोटाको भनाई थियो ।
सामग्रि हस्तान्तरण कार्यक्रममा बोल्दै लामाचौर स्वास्थ्य चौकी कार्यालयका प्रमुख सिनियर अ.हे.ब.श्यामशुन्दर आचार्यले मास्क सप्ताह अभियानको सन्दर्भ पारि स्वास्थ्य चौकीलाई अत्यावश्यक स्वास्थ्य सामग्रि सहयोग गरेकोमा धन्यबाद ज्ञापन गर्दै ति सामग्रिको जन चेतना अभियानमा सहि सदुपयोग गर्ने प्रतिबद्दता ब्यक्त गर्नु भयो । आचार्यले स्वास्थ्य चौकीमा अक्सिजन कन्सन्ट्रेटर,पल्स अक्सिमिटर, पि.पि.ई.लगायतका सामग्रिको साह्रै अभाब भईरहेको बेला ति सामग्रि नेलम्बो नेपालले सहयोग गरेकोमा खुसि ब्यक्त गर्नु भयो । अध्यक्ष देवकोटाले नेलम्बो नेपालको तर्फबाट १ थान अक्सिजन कन्सन्ट्रेटर चांडै सहयोग प्रदान गर्ने प्रतिबद्दता पनि ब्यक्त गर्नु भयो ।
नेलम्बो नेपालका जनसम्पर्क अधिकृत भिमप्रसाद भण्डारीका अनुसार पल्स अक्सिमिटर १० थान,७ सय थान सर्जिकल मास्क, ५० पिस के।एन।नाइन्टी फाइभ मास्क,४० थान फेसशिल्ड,५ लि.को ४ ग्यालेन सेनिटाइजर,५ बोटल हेण्ड सेनिटाइजर,५ थान पि.पि.ई.सेट,५ थान स्प्रे बोटल ,३० पिस लाइफ ब्याय साबुन र १ थान स्ट्याण्ड गरि ५८ हजार ५ सय ५६ रुपैया बराबरको स्वास्थ्य सामग्रि प्रदान गरिएको जानकारी दिनुभयो ।
नेपास सरकारले २३ श्रावणदेखि २९ गतेसम्म एक हप्ते मास्क लगाउन सिकाउने उद्देश्यले उद्देश्यले जनचेतनामूलक अभियान संचालन गरिरहेको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


तेस्रो संस्करणको नेपाल प्रिमियर लिग अन्तर्गत पोखरा एभेन्जर्सविरुद्ध विराटनगर किङ्सले चार विकेटको…







