सांकेतिक तस्बीर
कोभिसिल्डको पहिलो मात्रा लगाएका जेष्ठ नागरिकलाई आज (सोमबार) देखि दोस्रो डोज खोप लगाइँदैछ।
भूटान र जापानबाट अष्ट्राजेनिका खोप आएसँगै यसअघि पहिलो मात्रा कोभिसिल्डको खोप लगाएका ज्येष्ठ नागरिकलाई आजदेखि दिन लागिएको हो।
कोभिसिल्डको पहिलो मात्रा लगाएका जेष्ठ नागरिकलाई आजदेखि दोस्रो डोजका रुपमा अष्ट्राजेनिकाको खोप दिन लागेको हो ।
कोभिसिल्ड खोपको पहिलो मात्रा लगाएका बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका नागरिकहरुलाई अष्ट्राजेनिका खोप दिन लागिएको हो। प्रदेश १ र २ मा भने खोप अभियान केही दिनपछि मात्र शुरु हुनेछ। स्वास्थ्य मन्त्रालयले आजदेखि खोप अभियान चल्ने जानकारी दिएको हो।
यसअघि भेरोसेल खोपको दोस्रो मात्रा लगाउँदा कायम रहेका खोप केन्द्रहरुमा नै अष्ट्राजेनिका खोप लगाइने स्वास्थ्य कार्यालयले जनाएको छ।
स्वास्थ्य मन्त्रालयलको अनलाइन प्रणालीमा विवरण इन्ट्री गराएकाहरुलाई खोप प्रदान गरिने र अन्यथा भएमा खोप प्रदान गर्ने संस्थाका प्रमुख, कोअर्डिनेटर, स्वयंसेवक र संलग्न अन्य कर्मचारीहरुलाई कानुन बमोजिम कारबाही गर्ने चेतावनी दिइएको छ।
नेपालमा हालसम्म खरिद र अनुदान गरेर करिब १ करोड मात्रा खोप आइपुगेको छ। नेपालले ६० लाख खोप खरिद गरेको छ। चीनबाट ४० लाख भेरोसेल र भारतबाट २० लाख कोभिशिल्ड खोप खरिद गरिएको छ।
भारतबाट खरिद गरिएकोमध्ये १० लाख खोप आउन बाँकी छ। यसैगरी, भारतबाट नेपाली सेनालाई १ लाखसहित अनुदानमा ११ लाख कोभिशिल्ड खोप प्राप्त भएको छ। चीनबाट पटक पटक गरेर २८ लाख मात्रा भेरोसेल खोप अनुदानमा प्राप्त भएको छ।
सरकारले आगामी असोज मसान्तभित्र एकतिहाई नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउने लक्ष्य लिएको छ। यस्तै, आगामी चैत मसान्तभित्र खोप लगाउने उमेर समूहका सबै नागरिकलाई पूर्ण खोप लगाउने सरकारको लक्ष्य छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


तेस्रो संस्करणको नेपाल प्रिमियर लिग अन्तर्गत पोखरा एभेन्जर्सविरुद्ध विराटनगर किङ्सले चार विकेटको…







