लामाचौर स्वास्थ्य चौकीले शुरु गर्यो मास्क अभियान


     एभरेस्ट आवाज    
     श्रावण २८ गते २०७८ मा प्रकाशित




नेपाल सरकारको मास्क सप्ताह अन्तर्गत पोखरा महानगरपालिका वडा नम्बर १९ स्थित लामाचौर स्वास्थ्य चौकीले विहीबारदेखि ‘मास्क अभियान’ सञ्चालन गरेको छ । “महामरी नियन्त्रण र रोकथाममा मेरो प्रतिबद्धता, मास्क लगाउनु आजको आवश्यक्ता भन्दै लामाचौर स्वास्थ्यचौकी पोखराले विहीबार एक कार्यक्रमसहित ‘मास्क अभियान’ सञ्चालन गरेको हो ।

पोखरा–१९ वडा कार्यलयमा वडाध्यक्ष एवम् ब्यबस्थापन समितिका अध्यक्ष शोभामोहन पौडेलले ब्यानरमा हस्ताक्षर गरेर अभियान शुरु गरिएको लामाचौर स्वास्थ्यचौकीले जनाएको छ । त्यसपश्चात कार्यालयबाट शुरु भएको ¥यालीमा मापदण्ड पालना गरौं, मास्क लागाऔं, कोरोना भगाऔं, साबुन पानीले मिचिमिची हात धोऔं भन्ने ब्यानर र प्लेकार्ड सहित स्वास्थ्यचौकीका कर्मचारी, महिला स्वास्थ्य स्वयम्सेवक घार्मीडाँडा पुगेका थिए ।

कार्यक्रममा नेलम्बो नेपालबाट प्राप्त मास्क, फेस सिल्ड समुदायमा कार्यरत महिला स्वास्थ्य स्वयमसेविकालगायतलाई वितरण गरिएको जनाइएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।