भारतमा ८४ लाख ६२ हजार बढीमा कोरोना संक्रमण


     एभरेस्ट आवाज    
     कार्तिक २२ गते २०७७ मा प्रकाशित




कार्तिक २२ पोखरा । भारतमा ८४ लाख ६२ हजार बढीमा हाल सम्म कोरोना संक्रमणको पुष्टि भएको छ ।

वल्डोमिटरका अनुसार हालसम्म भारतमा कोरोना संक्रमण हुनेको संख्या ८४ लाख ६२ हजार ८० पुगेको हो ।

कोरोना संक्रमणका हिसावले विश्वको दोस्रो स्थानमा रहेको भारतमा हालसम्म १ लाख २५ हजार ६०५ जनाले ज्यान गुमाएका छन् । ७८ लाख १९ हजार ८८६ जना संक्रमण मुक्त भएको वल्डोमिटरले उल्लेख गरेको छ ।

हाल ८ हजार ९४४ जना गम्भिर अवस्थामा उपचाररत छन् भने पाँच लाख १६ हजार ५८९ जना आइसोलेसनमा छन् ।

यस्तै कोभिड–१९ बाट सबैभन्दा प्रभावित भएको अमेरिकामा हालसम्म एक करोड ५८ हजार ५८६ जनामा कोरोना संक्रमण भएको छ । यस्तै कोरोनाका कारण २ लाख ४२ हजार २३० जनाले ज्यान गुमाएको वल्डोमिटरले जनाएको छ । त्यहाँ ६३ लाख ९१ हजार २०८ जना कोरोनामुक्त भएका छन् भने १८ हजार ३०३ जना गम्भीर अवस्थामा उपचाररत रहेका छन् भने जम्मा सक्रिय संक्रमितको संख्या ३४ लाख २५ हजार १४८ छ ।

वल्डोमिटरका अनुसार संक्रमितका हिसावले ब्राजिल, फ्रान्स, स्पेन, अर्जेन्टीना, बेलायत, कोलम्बिया, मेक्सिको, पेरु, इटाली, दक्षिण अफ्रिका, इरान, जर्मनी, चिली, पोल्याण्ड, इराक , बेल्जियम, यूक्रेन , इन्डोनेसिया, बंगलादेश लगायत देशहरु क्रमश तेस्रा,े चौंथो, पाँचौं,….. छन् ।

नेपाल कोरोना संक्रमितको संख्याको आधारमा ३४ औं स्थानमा रहेको वल्डोमिटरले जनाएको छ ।
विश्वभर कोरोना संक्रमितको संख्या ४ करोड ९६ लाख ६७ हजार ६९७ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । यस्तै ३ करोड ५२ लाख ५४ हजार ७२४ जना संक्रमणमुक्त भएका छन् भने १२ लाख ४८ हजार ७७९ जनाको ज्यान गुमेको छ । हाल विश्वभर १ करोड ३१ लाख ६४ हजार १९४ जना सक्रिय संक्रमित छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।