आज भन्दा ३५ वर्ष पहिले वि.सं. २०४१ सालमा नेपालीहरुको सरदर आयु ५० वर्ष थियो भने २०७६ सालको तथ्यांक अनुसार नेपालीहरुको सरदर आयु ७० वर्ष नाघेको छ । नेपालीहरुको स्वास्थ्यमा सुधार हुनुको प्रमुख कारण बालड मृत्युदरमा उल्लेखनिय प्रगति, दुर्गम भेगमा स्वास्थ्य चौकी लगायत अस्पतालको निमार्ण र आवश्यक जनशक्तिको उपलब्धता, स्वास्थ्य प्रबिधिमा सुधार आदि रहेका छन् ।
छोटो अवधिमा स्वास्थ्थ क्षेत्रमा उल्लेखनिय प्रगति गर्नका लागि सरकारी र पछि आएर निजि क्षेत्रको योगदान भएतापनि अझै पनि सुगम र दुर्गम भेगमा स्वास्थ्य स्तरको खाडल निकै गहिरो छ । उदाहरणका लागी नेपालको राजधानी काठमाण्डैंमा प्रत्यक एक लाख जनसंख्यामा ९८ जना डाक्टर उपलब्ध छन् भने दुर्गम भेगमा प्रत्यक एक लाख जनसंख्यामा जम्मा २.५ जना डाक्टर उपलब्ध छन् । त्यस्तै सरकारी र निजि अस्पतालको काम गर्ने तौरतरिकामा धेरै भिन्नता रहेको पाइन्छ । सरकारी साधन स्रोतको प्रयोग भएर पनि सरकारी अस्पताल अव्यवस्थित व्यवस्थापनले गर्दा अस्त व्यस्त वनेको छ । स्वास्थ्थ चौकी र अस्पतालमा तोकिएको दरबन्दी पदपुर्ति गरिएको छैन र कर्मचारीहरुलाई कार्यलयका औजारको अपन्नत्वबोध नगराइएकाले चरम लापरवाही भएका छन् । फलस्वरुप महङ्गा र आधुनिक उपकरण वेवारिशे अवस्थामा लथालिङ्ग परेका छन् । स्वास्थ्थ निकायहरु नियम–कानुन, निति–निर्देशिकामा चल्नु भन्दापनि राजनितिक दलका भागभण्डा र इसाराले चलेका छन् । शौचालयको त कुरै छाडौं, डस्टविनको फोहोर नउठाइएको हप्तौ भएर दुर्गन्ध आउन थाल्छ । अर्को तर्फ थोरै लगानी भएपनि निजि अस्पतालले स्वास्थ्य जनशक्ति र उपकरणको उच्चतम् प्रयोग गरि तुलनात्मक रुपमा व्यवस्थित कार्य गरेको पाइन्छ । विरामीको स्वास्थ्थ र सरसफाईमा केन्द्रित रहेर कार्य गर्ने हुदाँ प्राय विरामीहरु निजि अस्पतालमा गएर छिटो छरितो स्वास्थ्य लाभ लिन रुचाउन्छन् । तर निजि अस्पताल सेवा भन्दा पनि फाइदाका दृष्टिकोणले संचालन गरिने हुदाँ महङ्गो भई आर्थिक अवस्था कमजोर हुनेले सेवा लिन सक्दैनन् ।
हरेक समाजमा विभिन्न तहका मानिसहरु वसोवास गर्छन् । नेपाली समाजिक परिवेशमा पनि हुने खाने र गरि खाने वा पहुचँ हुने र पहुचँ नहुने मानिसहरु बसोबास गर्छन् । हुने खाने र पहुचँ हुने वर्गलाइ स्वास्थ्थ सम्बन्धि उपचार गर्न गराउन सहज होला तर गरि खाने र पहुचँ नहुने वर्गलाइ स्वास्थ्य सम्बन्धि उपचार गर्न गराउन मुस्किल पर्छ । नेपाल सरकारको सन् २०१८ को तथ्यांक अनुसार २१% नेपालीहरु गरिबीको रेखामुनी रहेका छन् । अर्थात तिनीहरुलाइ दैनिक दुई छाक खाना खान पनि गाह्रो रहेको छ । भोको पेटलाइ अन्न प्रदान गर्न नसक्ने शरिरले स्वास्थ्थलाइ केन्द्रमा राखेर उपचार गराउन सक्दैन । यसमाथी नेपालमा स्वास्थ्य उपचार यति महङ्गीसक्यो काम गरि खाने मानिसहरु अस्पताल जान हच्किन थालेका छन् । सामान्य उपचार गरे निको हुने रोगलाइ पालेर कष्टकर जीवन विताउन वाध्य छन् ।
उपचार गराउनका लागि निजी अस्पतालको तुलनामा सरकारी अस्पतालको सेवा सुविधा सस्तो भएतापनि अस्पतालको क्षमता र जनशक्तिको अभावले गर्दा गरिबीको रेखामुनी रहेका सबै नेपालीहरुलाई पुर्णरुपमा सरकारी अस्पतालबाट सेवा लिन प्राय असम्भव छ । सरकारी अस्पतालले सेवा प्रदान गर्न नभ्याउने र निजि अस्पतालमा जान आर्थिक क्षमताले नदिने गरीब नेपालीहरु उपचारका निम्ति कहाँ जाने ? पेट दुखे पटुका कस्ने र ज्वरो आए पानी पट्टी लगाउने कार्य कहिले सम्म गर्ने ? के गरिवीकै कारण आखाँ अगाडीको सुविधा सम्पन्न अस्पतालमा उपचार गर्न नसकी छट्पटाइ मृत्युलाइ अगाल्नु पर्ने हो र ? के गरिवी कै कारण निको हुने रोगलाइ जीवनभर पीडाको रुपमा सहेर वस्नु पर्ने हो र ? प्रश्न सरल छन्, तर गम्भिर छन् । यस गम्भिरतालाइ वुझ्ने कस्ले र कहिले ?
(डा. किसन कोइराला नेलम्बो, नेपाल नामक एक गैर सरकारी संस्थामा कार्यक्रम संयोजकको रुपमा कार्यरत हुनुहुन्छ । – सम्पादक)
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा,असार २पोखरामा अन्तर्राष्ट्रिय ओलम्पिक दिवस मनाउन शुरु गरिएको छ । अन्तर्राष्ट्रिय ओलम्पिक…







