रुस–युक्रेन युद्धमा अहिलेसम्म ४ हजार ५ सय नागरिक मारिएका र १ करोड ३० लाखले युक्रेन घरबास छाडेका संयुक्त राष्ट्र सङ्घले जनाएको छ ।
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्धग्रस्त सहर माइकोलाभ र ओडेसाको भ्रमण गर्नुभएको छ।
रुस–युक्रेन युद्धकाबीच तहसनहस भएको युक्रेनका सहरको भ्रमणका क्रममा उहाँले युद्धसँग जुधिरहेका सेनाको हौसला बढाउनुका साथै विभिन्न अस्पतालमा रहेका घाइते, डाक्टर र स्वास्थ्यकर्मीसँग भेटघाट गर्नुभएको बीबीसीले जनाएको छ ।
यी दुवै सहरमा पछिल्लो समय रुस र युक्रेनका सेनाबीच युद्ध भइरहेको छ । यसअघि उहाँले किएभ पुगेका पश्चिमी राष्ट्रका नेतासँग पनि भेटघाट गर्नुभएको थियो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


तेस्रो संस्करणको नेपाल प्रिमियर लिग अन्तर्गत पोखरा एभेन्जर्सविरुद्ध विराटनगर किङ्सले चार विकेटको…







