आइसीसी टी–२० विश्वकप ट्रफी नेपाल ल्याउने पक्का भएको छ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) ले यसैबर्ष अष्ट्रेलियामा आयोजना हुने टी–२० विश्व कप क्रिकेटको ट्रफी सगरमाथाको देश नेपाल भ्रणम गराउने निर्णय गरेको हो।
आइसीसीका अनुसार १६ अक्टोबरदेखि अस्ट्रेलियामा हुने टी–२० विश्वकप क्रिकेटको ट्रफीले अगस्ट ३० देखि ३१ सम्म नेपालको भ्रमण गर्नेछ। आइसीसीले विश्वकप आउन एक सय दिन बाँकी छँदा शुक्रबार विश्वकप ट्रफीको ‘वल्र्ड टुर’ को भ्रमण तालिकामा नेपाललाई पनि समावेश गरेको हो। आइसीसीले विश्वकप ट्रफी टुर शुक्रबार देखिनै सुरुवात गरेको छ। अस्ट्रेलियाको मेलर्बनबाट सुरु भएको ट्रफी टुरले विभिन्न १२ देशको भ्रमण गर्नेछ।
ट्रफी मेलबर्नबाट सुरु भएर पपुवान्युगिनी, फिनल्यान्ड, स्कटल्यान्ड, जर्मनी, इन्डोनेसिया, जापान, नेपाल, सिंगापुर, फिजी, घाना हुँदै अस्ट्रेलियामै पुगेर समाप्त हुनेछ। २०२२ का नोभेम्बर १३ सम्म संचालन हुने आइसीसी टी–२० विश्वकपमा १६ देशको सहभागिता रहनेछ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


कुल विदेशी पर्यटकमध्ये करिब ६० प्रतिशतले नेपालका संरक्षित क्षेत्रहरू घुम्ने गरेको सरकारी…






