जोहानेस्बर्गमा गोलीकाण्डमा मृत्यु हुनेको संख्या १५ पुग्यो


     एभरेस्ट आवाज    
     असार २८ गते २०७९ मा प्रकाशित




जोहानेस्बर्गमा भएको गोलीकाण्डमा परी मृत्यु हुनेको संख्या १५ पुगेको छ।

दक्षिण अफ्रिकाको जोहानेस्बर्गस्थित मधुशालामा गोली चल्दा मृत्यु हुनेको संख्या १५ पुगेको त्यहाँका अधिकारीहरुले जनाएका छन्।

स्थानीय सोवेटो नगरस्थित एउटा मधुशालामा गोली चल्दा १५ जनाको मृत्यु भएको जानकारी सोमबार दिइएको छ। साथै, सो गोलीकाण्डमा परेर अन्य १० जना घाइते भएका छन्।

गोलाबारीमा घाइते भएका १० जनाको उपचार भइरहेको र उनीहरुमध्ये अधिकांशको अवस्था गंभीर रहेको पनि बताइएको छ।

गोलाबारीमा संलग्नहरुको खोजी प्रहरीले गरिरहेको जनाएको छ। प्रहरी सुरक्षाकर्मी घटनास्थल पुग्दा १२ जना मारिएका थिए। अरु ३ जनाको उपचारको क्रममा मृत्यु भएको बताइएको छ। सोवेटो नगर राजधानीको दक्षिणपूर्वमा पर्दछ।

रासस/सिन्ह्वा


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।