नेपाली कांग्रेसका नेता गगन थापाले सरकार आफै आइसोलेसनमा रहेको घोषणा गर्न सुभाव दिएका छन् । सोमबार विहान प्रधानमन्त्रीलाई मेन्सन गर्दै कांग्रेस नेता गगनले सरकार आफै आइसोलेसनमा भएकाले जनताका लागि थप केहि गर्न नसक्ने घोषणा गर्न सुझाव दिएका हुन् । सरकारले कोरोना भाइरस (कोभिड–१९) को परीक्षण र उपचार आफ्नै खर्चमा गर्नु भनेर औपचारिक रुपमा भनेपछि सांसदसमेत रहेका थापाले त्यसको विरोधस्वरुप ब्यंग्यात्मक रुपमा भनेका छन्,‘यसरी हरेक दिन खुद्राखुद्रामा यस्तो निर्णय गर्नुभन्दा बरु सीधै भनिदिनुस्, सरकार स्वयं संक्रमित भएर आइसोलेसनमा रहेकोले अब उप्रान्त संक्रमितको संख्या गन्नेबाहेक थप केही नगर्ने जानकारी गराइन्छ ।’ पूर्व स्वास्थ्यमन्त्रीसमेत रहेका नेता थापाले सरकारको निर्णप्रति आक्रोस ब्यक्त गरेका छन् ।
सरकारले विपन्न, अशक्त, असहाय अवस्थामा रहेका नागरिक, असहाय एकल महिला, अति अपाङ्गता भएका नागरिक, जेष्ठ नागरिक, अग्रपंतिमा खटिने स्वास्थ्यकर्मी, सरसफाइ कर्मचारी, सुरक्षाकर्मीबाहेक अन्य सबै व्यक्तिको परीक्षण तथा उपचार व्यक्तिको आफ्नै खर्चमा गर्ने÷गराउने निर्णय गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जगदिश्वर गौतमका अनुसार यो निर्णय सरकारी, गैरसरकारी तथा निजी अस्पतालहरुमा कात्तिक २ गतेदेखि नै लागू भइसकेको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


१७ बैशाख, पोखरा ।नेपाल पर्यटन बोर्डको गण्डकी प्रदेशमा प्रदेश स्तरीय कार्यालय छ…






