एटीपी फाइनल्सको उपाधि जितेपछि मेडभेडेभको कीर्तिमान


     एभरेस्ट आवाज    
     मंसिर ८ गते २०७७ मा प्रकाशित




डानिल मेडभेडेभले एटीपी फाइनल्सको उपाधि जितेका छन्।

लण्डनमा भएको खेलमा युएस ओपन च्याम्पियन डोमिनिक थिएमलाई पराजित गरेर मेडभेडेभले आफ्नो खेल जीवनको ठूलो उपाधि जितेका हुन्।

रुसी मेडभेडेभले पुनरागमन गरी खेलमा जित हाँसिल गरेका हुन्।

उनले थिएमलाई ४–६, ७–६ (७–२) र ६–४ को सेटमा पराजित गरे।

विश्व नम्बर ३ थिएमले पहिलो सेटमा जित निकालेपनि त्यसलाई बचाउन सकेनन्।

विजयी भएका २४ वर्ष विश्व वरीयतामा चौथो स्थानमा रहेर यो वर्ष टुंग्याउने भएका छन्।

उनी एटीपी फाइनल्समा शीर्ष तीन वरीयताका खेलाडीलाई पराजित गर्ने एकमात्र खेलाडी हुन्।

उनले विश्व नम्बर १ नोभाक जोकोविच र राफायल नाडाललाई पनि पराजित गरेका थिए।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।