सहारा क्लबको वार्षिकोत्सवः आज रक्तदान गर्दै


     एभरेस्ट आवाज    
     भाद्र २९ गते २०७९ मा प्रकाशित




सहारा क्लबले आफ्नो २४ औं वार्षिकोत्सव मनाउँदैछ।

वार्षिकोत्सवको अवसरमा आज (बुधबार) क्लबले पोखराको पृथ्वीचोकस्थित आफ्नै कार्यालय परिसरमा रक्तदानको कार्यक्रम रहेको क्लबका अध्यक्ष हरिराम गुरुङ (सुरज) ले बताएका छन्।

वार्षिकोत्सवकै अवसरमा क्लबले हिँजो (मंगलबार) पृथ्वीचोकस्थित बसपार्क क्षेत्रमा सरसफाई गरेको क्लबका महासचिव रामजीप्रसाद अधिकारीले बताए।

पोखरा–९ का वडा सदस्य नन्दुराम गिरीले कार्यक्रम संयोजक ज्योति केसीलाई डोको र कुचो हस्तान्तरण गरी कार्यक्रमको शुभारम्भ गरे।

पोखरा महानगर सरसफाई शाखाका नासु हर्क गायकसहितको टोलीको सहभागिता रहेको सरसफाई अभियानमा पृथ्बीचोक बसपार्क टोल विकास संस्था, सत्यश्वर आमा समुह, स्थानिय होटल व्यवसायी, क्लवका पदाधिकारी, सदस्य सहित स्थानीयको सहभागिता थियो। वार्षिकोत्सवकै अवसरमा क्लबले भोलि (बिहीबार) साधारण सभाको कार्यक्रम गर्दैछ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।