इरान प्रदर्शन : तेहरानका १००० जनामाथि लगाइयो अभियोग


     एभरेस्ट आवाज    
     कार्तिक १५ गते २०७९ मा प्रकाशित




इरानभर फैलिएको सरकार विरोधी प्रदर्शनसँग सम्बन्धित तेहरानका करिब १००० जनालाई अभियोग लगाइएको सरहका प्रमुख अभियोजकले बताएका छन्।

सुरक्षा गार्डको हत्या, आगजनीसहित ‘तोडफोडका कार्यहरू’को आरोप लागेका संदिग्धहरूले यस हप्ता खुला सामूहिक परीक्षणको सामना गर्दैछन्।

अधिकारीहरूले देशव्यापी रूपमा कति जनालाई पक्राउ गरेका छन् भनेर भनेका छैनन्, तर अधिकारकर्मीहरूले १४ हजार जत्तिलाई पक्राउ गरिएको बताएका छन्।

इरानको ह्युमन राइट एक्टिभिस्ट न्यूज एजेन्सी (एचआरएएनए)ले प्रदर्शन सुरु भएयता ४५ बालबालिकासहित २८४ जना मारिएको बताएको छ।

‘अनुपयुक्त’ तरिकाले हिजाब लगाएको आरोपमा पक्राउ परेकी एक महिलाको हिरासतमै मृत्यु भएपछि इरानमा प्रदर्शन सुरु भएको हो।

प्रदर्शनको क्रममा ३५ जना सुरक्षाकर्मी पनि मारिएको सो एजेन्सीले बताएको छ।

बीबीसी


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।