पोखरेली युवा सांस्कृतिक परिवार (पोयुसांप) को अध्यक्षमा मोती भुजेल चयन भएका छन् । पोखरामा शनिबार भएको पोयुसापको ४० औं साधारण सभा तथा अधिवेशनले भुजेलको अध्यक्षतामा नया कार्य समिति चयन गरेको हो । निवर्तमान कोषाध्यक्ष भुजेलले कथा, कविता र गजलहरु लेख्ने गर्छन् ।

पोयुसांपको अधिवेशनले उपाध्यक्षमा उपेन्द्र पौडेललाई दोहोर्याएको छ भने सचिवमा डा.चैतन्य अधिकारीलाई चयन गरेको छ । समितिको सहसचिवमा शिव त्रिपाठी तथा निवर्तमान सचिव अर्जुन अधिकारी कोषाध्यक्षमा चयन भएका छन् ।
साहित्य संयोजकमा रीता अधिकारी र कला संयोजकमा हेमकान्ती गुरुङ चयन भएकाछन् । उनीहरु यसअघीपनि यहि समितिका संयोजक थियो । संगीत संयोजकमा एमडी काफ्ले चयन हुँदा सदस्यहरुमा प्रकाश पोखरेली, दीपेन्द्र थापा, लिली अधिकारी, तीर्थ गुरुङ र सुदर्शन पौडेल चयन भएका छन् ।
२०३५सालमा स्थापित पोयुसांपले कला, साहित्य र संगीतको उन्नयन र प्रवद्र्धनका लागि विविध गतिविधि गर्ने गर्दछ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, असार ३ पोखरामा यामाहाको ब्लु फेष्ट शुरु भएको छ । यामाहाको…







